दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेला वीरगन्जमा शुरु, मेलामा रकेटदेखि रोबोटिक्ससम्म प्रदर्शन

Technology Khabar १० माघ २०७६, शुक्रबार

दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेला वीरगन्जमा शुरु, मेलामा रकेटदेखि रोबोटिक्ससम्म प्रदर्शन

काठमाडौं ।

वीरगन्ज । वीरगन्जमा बिहीबारदेखि दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेला शुरु भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान०पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

माघ १३ गतेसम्म क्यानइन्फोटेक मेला २०२० वीरगन्जको नगर सभागृहमा सुरु भएको हो। पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिहीबार एक कार्यक्रमबीच मेलाको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासको लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए। सूचना प्रबिधिको विकास, प्रवद्र्धधन र सुधारका लागि क्यानले पछिल्लो समयमा सह्रानीय काम गरिरहेको बताए। सूचना प्रविधिसँगै केही विकृति समेत भित्रिएकोले यसप्रति सचेत हुन आवश्यक रहेको उनले बताए। आइटी क्षेत्रमा सक्रिय रहेकाहरुले यसको न्यूनिकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझाव समेत दिए।

आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा र प्रदेश २ मा प्रविधिमैत्री वातारण सृजना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आइटी मेला गरेको आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए।

सूचना प्रविधि क्षेत्रमाकाम गर्नेहरुको लागि नेपालमा कुम्भ मेला भनिने ‘क्यान इन्फोटेक’ वीरगन्जमा आयोजित मेलामा यसपटक आईटिसँग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले जानकारी दिए।

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट र आफरहरुको समेत व्यवस्था गरिएको छ।

मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन्। पाँच दिनसम्म चल्ने क्यानइन्फोटेक २०२० वीरगंजमा हरेक दिन फरक विषयमा जानकारी मुलक कार्यशाला र अन्तरक्रिया समेत आयोजन हुनेछ।

इन्फोटेक मेलामा आईसीटी एसेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर र रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ।

easy care

प्रकाशित: १० माघ २०७६, शुक्रबार