सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अर्द्धवार्षिक समीक्षा, भौतिक र वित्तीय प्रगति क्रमशः ५२ र ३१ प्रतिशत

Technology Khabar ९ माघ २०७६, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अर्द्धवार्षिक समीक्षा, भौतिक र वित्तीय प्रगति क्रमशः ५२ र ३१ प्रतिशत
संचार तथा सूचना प्रविधि मन्त्रालय भवन । फाइल फोटो ।

काठमाडौं ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बिनियोजित बजेटमध्ये समग्रमा ३९.७१ प्रतिशत प्रगति हासिल गरेको छ । आज भएको वार्षिक योजनाअन्तरगत पुस मसान्तसम्मको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयले चालू र पूँजीगत खर्चमध्ये चालूतर्फ ४५.४१ प्रतिशत र पूँजीगततर्फ २४.०८ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिईयो ।

चालु आव २०७६/७७ को वार्षिक वजेट विनियोजनअन्तरगत मन्त्रालयले चालूतर्फ २ अर्ब १८ करोड ३९लाख २४ हजार रुपैयाँ खर्च गरेको छ भने पूँजीगत तर्फ ३ अर्ब ७४ करोड १ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।

बिनियोजित बजेट र आफ्नै स्रोतबाट बिनियोजित बजेटको आधारमा समग्रमा मन्त्रालयको भौतिक प्रगति पुस मसान्तसम्ममा ५२ प्रतिशत रहेको छ भने वित्तिय प्रगति ३०.८७ प्रतिशत रहेको छ ।

त्यस्तै मन्त्रालय सम्बद्ध निकायहरुमा समग्रमा हेर्दा राष्ट्रिय सुचना प्रविधि केन्द्रको भौतिक प्रगति ३१.८०, सुचना प्रविधि विभागको भौतिक प्रगति ३२.५० प्रतिशत तथा नेपाल दूरसञ्चार प्राधिकरणको भौतिक प्रगति ३० प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार सो अवधिमा राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण योजना र नीतिको मस्यौदा तयार भएको, डिजीटल नेपालको फ्रेमवर्क सुरु भएको, राष्ट्रिय ज्ञान पार्क कार्यविधी २०७६ स्वीकृत भएको, सुचना प्रविधिमा आधारित अनलाइन अनुगमन प्रणाली ल्याइएको र १०० वटा विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको आदी रहेका छन् ।

त्यस्तैगरि दूरसंचार प्रर्वाधार नियमावलीको संसोधन तयार भएको छ भने भूउपग्रह नीति तयार पारिएको, नेपाल टेलिकमको ४जी सेवा ६६ जिल्लाका मुख्य शहरहरुमा बिस्तार गरिएकोलगायत रहेका छन् ।

मन्त्रालयले बितरण गरेको तथ्यांकअनुसार अन्य सबै निकायहरुले आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्मको निकायगत बिबरणहरु बुझाएपनि नेपाल टेलिकमको चालू पूँजीगत, वित्तीय र भाैतिक प्रगति बिवरण उपलब्ध छैन् ।

सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले निकायहरुको प्रमुखसँग गरिएको कार्यसम्पादनको आधारमा प्रगति बिबरण हेरिनुपर्ने बताए । उनले कार्यसम्पादन सम्झौताअनुसार काम नभए विभागिय कारबाही गर्ने चेतावनी समेत दिए ।

easy care

प्रकाशित: ९ माघ २०७६, बिहीबार