अमेजनले भारतमा ल्यायो आफ्नो ई-रिक्सा, २०२५ सम्म १० हजार ई-रिक्सा डेलिभरीमा प्रयोग गर्ने

Technology Khabar १७ पुष २०७६, बिहीबार

अमेजनले भारतमा ल्यायो आफ्नो ई-रिक्सा, २०२५ सम्म १० हजार ई-रिक्सा डेलिभरीमा प्रयोग गर्ने

काठमाडौं ।

काठमाडौं । प्रसिद्ध ई–कमर्श कम्पनी अमेजन इन्डियाले सोमवार इलेक्ट्रिक डेलिभरी भेहिकल भारतीय बजारमा उपलब्ध गराउन शुरु गरेको बताएको छ । कम्पनीका अनुसार २०२५ सम्ममा १० हजार इलेक्ट्रिक डेलिभरी भेहिकल भारतीय सडकमा उतार्ने छ ।

गत वर्ष कम्पनीले वातावरण संरक्षणको लागी ‘ग्लोबल क्लाइमेट प्लेज’ अभियानको घोषणा गरेको थियो । जहाँ कम्पनीले २०३० सम्म एक लाख इलेक्ट्रिक भेहिकललाई डेलिभरी अपरेशनमा सामेल गर्ने उल्लेख गरेको थियो । आफ्नो यस अभियानलाई सफल बनाउन भारतीय बजारबाट यसको सुरुवात गरेको हो ।

कम्पनीले २०२५ सम्ममा भारतीय सडकमा १० हजार इलेक्ट्रिक भेहिकल उतार्ने छ । जसमा थ्री-ह्वीलर र फोर ह्वीलर शामेल हुनेछन्। यसै वर्षबाट अहमदावाद, बेगंलोर, कोयबन्दुर, दिल्ली एनसीआर, हैदराबाद समेतमा गरि भारतका विभिन्न २० सहरबाट यी इलेक्ट्रिक भेहिकलको डेलिभरी गरिनेछ । कम्पनीकाअनुसार १० हजार सबै भेहिकल भारतमै निर्माण गरिने छ ।

कम्पनीले गएको वर्ष गरेको सफल परिक्षण पश्चात यी इलेक्ट्रिक भेहिकल भारतीय सडकमा प्रयोग गर्न थालिएको हो । यी भेहिकल बनाउन कम्पनीले कयौं भारतीय कम्पनीहरुसँग काम गरिरहेको छ ।

हालका दिनमा भारत सरकारले पनि इलेक्ट्रिक भेहिकललाई प्रयोगमा ल्याउन आवश्यक सबै कदम चालिरहेको छ । यसको लागी केहि समय अघिमात्र भारत सरकारले देशको ५०,००० हजार भन्दा बढी स्थानमा चार्जिङ स्टेसन बनाउने निर्णय गरेको थियो ।

अमेजनका सिईओ जेफ बेजोसले सोमबार ट्विटरबाट कम्पनीले इलेक्ट्रिक रिक्शाको रोलआउट गर्न शुरु गरेको जनाएका छन । उनले यस इलेक्ट्रिक भेहिकलले बिल्कुलै कार्वन उत्सर्जन नगर्ने बताएका छन्। साथै उनले एक भिडीयो पनि शेयर गरेका छन, जसमा उनि पनि रिक्सा चलाईरहेका देखिन्छन्। एजेन्सी

easy care

प्रकाशित: १७ पुष २०७६, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार