ह्वाट्सएपमा नचिनेको नम्बरबाट आएको एमपी४ भिडियो फाइल नखोल्नुस, ह्याक होला तपाईँको डाटा

Technology Khabar ३ मंसिर २०७६, मंगलवार

ह्वाट्सएपमा नचिनेको नम्बरबाट आएको एमपी४ भिडियो फाइल नखोल्नुस, ह्याक होला तपाईँको डाटा

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ मेसेजिंग एप ह्वाटसएप प्रयोग गर्नुहुन्छ भने सर्तक हुनुहोस्, ह्याकरहरुले तपाईको एकाउन्ट ह्याक गर्न भिडियो फाइलको सहारा लिने गरेको जानकारी आएको छ ।

ह्याकरहरुको निशानामा तपाईँको एकाउन्ट पनि हुनसक्दछ किनकी ह्याकरहरुले आजभोली फोनलाई ह्याक गर्न नयाँ तरिका अपनाएका छन् ।

ह्याकरहरुले प्रयोगकर्तालाई एमपीफोर फाइलको रुपमा इनबक्समा पठाउने गरेका छन् । ह्याकरहरुले ह्वाट्सएप नम्बरमा एमपी४ फाइल पठाउने र फोन गरेर त्यसलाई डाउनलोड गर्न भन्नेछन्। सो फाइल डाउनलोड हुने बित्तिकै मोबाइल डाटामा ह्याकरहरुले पहुँच प्राप्त गर्नेछ र फोनको सबै जानकारी चोरि गर्नेछन् ।

ह्याकरहरुले यस्तो भिडियोफाइलमार्फत फोन ह्याक गर्ने प्रकृया एन्ड्रोयड र आईओएस यूजर दुबैलाई लक्षित गरेका छन् । सो एमपी४ फाइललाई विशेषगरि साइबर आक्रमणको लागि नै तयार पारिएको बताईएको छ ।

हालै ह्याकिंगको बारेमा फेसबुकले एक एडभाइजरी जारी गरेको छ । जसमा ह्याकर ग्रुपले त्यस्तो भिडियो फाइल पठाउनसक्नेमा सचेत गराईएको छ ।

ह्याकरहरुले ह्वाट्सएप यूजर्सका लागि विशेषरुपमा तयार गरिएको एमपी४ फाइल पठाएर फोन ह्याक गर्ने कोशिश गरिरहेका छन्, एडभाइजरीमा भनिएको छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार