ईकमर्श कम्पनी अमेजनको लागि रिभियन अटोमोटिभले १ लाख इलेक्ट्रिक डेलिभरी भ्यान बनाउने

Technology Khabar ४ आश्विन २०७६, शनिबार

ईकमर्श कम्पनी अमेजनको लागि रिभियन अटोमोटिभले १ लाख इलेक्ट्रिक डेलिभरी भ्यान बनाउने

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनी रिभियन अटोमोटिभ एलएलसीले ईकमर्श कम्पनी अमेजन डटकमबाट ठूलो संख्यामा गाडिको माग प्राप्त गरेको छ ।

अमेजनले सो इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनीसँग १ लाख इलेक्ट्रिक डेलिभरी भ्यानहरु अर्डर गरेको घोषणा गरेको हो ।

रिभियनले आफ्नो उत्पादनको व्यवसायीक घोषणा गर्नुभन्दा पहिले नै अमेजनले इलेक्ट्रिक भेहिकल निर्माता कम्पनीसँग एकैपटक ठूलो अर्डर गरेको हो ।

यसअघि अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले अनलाइन रिटेलर्सको योजनाको एक भागको रुपमा कार्बन कटौती रहेको बताएका थिए । उनले सन् २०४० सम्ममा कार्बन न्यूट्रल गर्ने योजना रहेको र सोहि अन्तरगत रिभिएनबाट इलेक्ट्रिक डेलिभरी भ्यान माग गरिएको बताए । इलेक्ट्रिक डेलिभरी भ्यान रिभियनले अमेजनलाई २०२१ देखि उपलब्ध गराउने छ भने सन् २०२४ सम्ममा सबै गाडिहरु इलेक्ट्रिक बनाउने लक्ष्य लिईएको छ ।

इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्ला इंकको संभावित प्रतिस्पर्धी कम्पनी रिभियनले गएको नोभेम्बरमा आफ्नो इलेक्ट्रिक आर१टी पिकअल र आएर१एस एसयूभी सार्वजनिक गरेको थियो । तर यसअघि नै अमेजनले सो कम्पनीसँग काम गर्ने ईच्छा देखाएको थियो ।

रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो जसले १.९ बिलियन लगानी लगानीकर्ताहरुबाट उठाएको थियो जसमध्ये अमेजनबाट मात्रै ७०० मिलियन रकम लगानी पाएको थियो ।

रिभियनको पहिलो इलेक्ट्रिक पिकअप भ्यान आर१टी सन् २०२० को अन्त्यदेखि बजारमा उपलब्ध हुनेछ ।

अमेजनले अर्डर गरेको १ लाख इलेक्ट्रिक डेलिभरी भ्यानहरुको निर्माण अमेरिकाको ईलिनोईसमा रहेको कम्पनीको प्लान्टमा निमार्ण हुने रिभियनकी प्रवक्ता एमी मस्टले जानकारी दिईन् । यसअन्तरगत पहिलो भ्यान २०२१ मा डेलिभरी हुनेछ भने सन् २०२२ भित्र १० हजार भ्यानहरु उपलब्ध गराईने छ ।

सो सम्झौताअन्तरगत रिभियनले ड्राइभ यूनिट, ब्याट्र प्याक, सस्पेन्सन सिस्टम, ब्रेक र कुलिंग सिस्टमहरुसहितको प्याकेज दिनेछ, भने यसमा अधिक स्टोरेज स्थान हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ४ आश्विन २०७६, शनिबार