ट्विटरले प्रयोगकर्ताको मेसेज इनबक्समा आउने मेसेजहरुलाई फिल्टर गर्ने, हाल परीक्षण हुँदै

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

ट्विटरले प्रयोगकर्ताको मेसेज इनबक्समा आउने मेसेजहरुलाई फिल्टर गर्ने, हाल परीक्षण हुँदै

काठमाडौं ।

काठमाडौं । ट्विटरले अनावश्यक मेसेजहरु प्रयोगकर्ताहरुको डिरेक्ट मेसेज इनबक्समा आउने क्रमलाई फिल्टर गर्ने भएको छ । हाल परीक्षणमा रहेको सो नयाँ फिल्टरले मानिसहरुलाई अनावश्यक मेसेजहरुबाट मुक्त दिलाउँछ ।

अहिले ट्विटरले यूजर्सलाई सिधै मेसेज इनबक्समा पठाउन सकिने सुविधा दिएको छ भने यूजरले पनि जसले पठाएको भएपनि सो मेसेज खोलेर हेर्न सक्नेछ, तर यसले धेरै अनावश्यक मेसेजहरु इनबक्समा आउने गर्दछ, जसलाई दूरुपयोग पनि भनेर भनिन्छ ।

यसबाहेक अहिले ट्विटरमा तपाईँले आफ्नो ट्विटर एकाउन्टको सेटिंगलाई मिलाएर जसले तपाईँलाई फलो गरिरहेको छ त्यसको मात्र मेसेज लिनसकिने बनाउन सकिन्छ । तर त्यो सबैको लागि भने काम गर्दैन् ।

ट्विटरले नयाँ फिल्टर परीक्षण गरिरहेको छ जसले अनावश्यक मेसेजहरुलाई हटाउँछ र दूरुपयोग गरिने कन्टेन्ट र स्पामलाई पनि फिल्टर गरेर छुट्टै ट्याबमा राख्दछ ।

मेसेज रिक्वेस्ट सेक्सनमा तपाईँले फलो नगरेका मानिसहरुको मेसेज छुटै हुनेछ भने त्यसभन्दा तल नयाँ फिल्टर गरिएको मेसेज हुनेछ ।

यूजर्सले सो बटनमा क्लिक गरेपछि मात्र त्यसलाई पढ्न सकिनेछ, जून अनावश्यक कन्टेन्टहरुबाट मुक्त भएको हुनेछ । त्यसैगरी यदि तपाईँले फिल्टर गरेको मेसेजहरु हेर्न चाहनुभएमा पनि त्यो तत्कालन नै आफैं हेर्न सकिने हुँदैन् ।

ट्विटरले यसको लागि अफेन्सिभ कन्टेन्टहरु पत्ता लगाउनेछ र मेसेजलाई फिल्टर गर्नेछ । यसरी फिल्टर गरिएका अफेन्सिभ कन्टेन्ट भएका मेसेज हेर्न चाहेमा वा डिलिट गर्न चाहेमा पनि यूजर्सले आफैं गर्न सक्नेछ ।

यो परिवर्तनले डिरेक्ट मेसेजेजलाई थप उपयोगी टूलको रुपमा विकास गर्न चाहेको छ जसले ओपेन इनबक्स चाहन्छन् । यसबाहेक अनलाइन दूव्र्यवहारको घट्नालाई पनि कम गर्न सकिने अनुमान छ ।एजेन्सी

easy care

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

ताजा समाचार