फेसबुकले सुन्छ मेसेन्जर प्रयोगकर्ताहरुको कुराकानी, अडियो सुन्नका लागि कामदारलाई भुक्तानी

Technology Khabar २९ श्रावण २०७६, बुधबार

फेसबुकले सुन्छ मेसेन्जर प्रयोगकर्ताहरुको कुराकानी, अडियो सुन्नका लागि कामदारलाई भुक्तानी

काठमाडौं ।

काठमाडौं । सोसियल मिडिया फेसबुकका कामदारहरुले प्रयोगकर्ताहरुको भ्वाइस रेकर्ड सुन्ने गरेको खुलासा भएको छ । कम्पनीले सयौं कन्ट्र्याक्टरहरुलाई आफ्नो सेवाहरुमार्फत यूजर्सको अडियो क्लीपलाई लेखन गरेर राख्नका लागि भुक्तानी दिने गरेको जानकारी बाहिर आएको छ ।

सो कार्य गोप्यरुपमा कन्ट्र्याक्ट कामदारहरुले गर्ने गरेको छ सो अडियो रेकर्ड गरिने वा कसरी ट्रान्सक्राईब गरिने भन्ने सो कार्यमा आबद्ध कामदारहरुले जानकारी नदिएको ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ ।

गूगल, एप्पल, माइक्रोसफ्ट र अमेजन जस्तै फेसबुकले त्यस्तो कार्यको लागि थर्ड पार्टिका कामदारहरुको प्रयोग गर्ने गरेको स्पष्ट पारेको छ ।
सो कार्य एक साताभन्दा पनि अगाडिदेखि रोकिएको फेसबुकले बताएको छ ।

कामदारहरुलाई सो कार्यको लागि अडियो दिईने गरिएको बताईएको छ । जसमा फेसबुकका यूजरहरुको कुराकानी सुन्ने गरेका छन, जसमा कहिलेकाँही अश्लिल विषयवस्तुहरु समेत हुने गरेको बताईएको छ ।

फेसबुककालागि त्यस्तो लेखन किन चाहियो भन्ने थाहा भने नभएको सो विषयका जानकारले बताएको रिपोर्टमा उल्लेख छ ।

बुधबार आईरिस डाटा प्रोटेक्सन कमिसनले यूरोपेली यूनियनको कडा प्राइभेसी कानूनको उल्लंघनको संभावनाको बारेमा परीक्षण गरिरहेको बताएको छ ।

उता फेसबुकले भने यूजर्सको अडियोलाई ट्रान्सक्राईब गर्ने गरिएको स्वीकार गरेको छ र सो कार्य हाल नभएको बताएको छ ।

‘एप्पल र गूगलजस्तै हामीले पनि अडियोको मानविय रिभ्यू गर्ने कार्य एक साता अगाडिदेखि रोकेका छौं,’ कम्पनीले भनेको छ ।

कम्पनीले जो सो कार्यबाट प्रभावित भएको छन उनीहरुले फेसबुकको मेसेन्जर एपमा अप्सन छनौट गर्न सक्छन्, जसमा भ्वाइस च्याट्स ट्रान्सक्राईब्डको अप्सन रहेको छ ।

फेसबुकले रेकर्डिंगहरु म्यानुअली लेखन गर्ने गरिएको जसले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमले स्वचालितरुपमा गर्ने ट्रान्सक्राईबको वार्तालापमा सुधार गर्न सकियोस भन्ने उद्धेश्य रहेको दाबी गरेको छ ।

यसअघि पनि ठूला टेक कम्पनीहरु एप्पल, गूगल, अमेजन, माईक्रोसफ्टले प्रयोगकर्ताहरुको अडियो रेकर्ड सुन्ने गरेको रिपोर्ट बाहिर आएको थियो । जसमध्ये एप्पल र गूगलले त्यस्तो कार्य हाल स्थगित गरिएको जानकारी दिएका थिए भने माईक्रोसफ्ट र अमेजनले सुन्ने प्रयोगकर्ताको अडियो रेकर्डको बारेमा भने छानबिन भईरहेको बताईएको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७६, बुधबार