आईबिएमले ‘ट्रस्ट योर सप्लायर’ ब्लकचेन नेटवर्क घोषणा गर्यो, आपूर्ति व्यवस्थापनको काम गर्ने

Technology Khabar २० श्रावण २०७६, सोमबार

आईबिएमले ‘ट्रस्ट योर सप्लायर’ ब्लकचेन नेटवर्क घोषणा गर्यो, आपूर्ति व्यवस्थापनको काम गर्ने

काठमाडौं ।

काठमाडौं । इन्टरनेशनल बिजनेस मसिन्स कर्प (आईबिएम) ले ब्लकचेन कन्सल्टेन्सी फर्म चेनयार्डसँगको सहकार्यमा ‘ट्रस्ट योर सप्लायर'(Trust Your Supplier) नामक नयाँ ब्लकचेन नेटवर्कको घोषणा गरेका छन् ।

यो ब्लकचेनमा सप्लायरको क्वालिफिकेसन, भ्यालिडेसन, अनबोर्डिंग र लाइफ साइकल इन्फर्मेसन म्यानेजमेन्टलगायतका विषयहरु राखिएका छन् ।

ब्लकचेनमा बनाईएको अडिट परीक्षण र विकेन्द्रित अप्रोचमा काम गर्ने बताईएको छ ।

आईबिएमले ट्रस्ट योर सप्लायरलाई म्यानुअल प्रकृयाहरु र सहयोगलाई हटाउने तथा फ्रड र गल्तिहरुलाई कम गर्नेगरि सप्लाई चेन बनाईएको बताएको छ ।

ट्रस्ट योर सप्लायरले ब्लकचेन नेटवर्कमा सप्लायरको परीचयको लागि डिजिटल पार्टपोर्टको सिर्जना गर्दछ, जसले नेटवर्कमा रहेको कुनैपनि अनुमतिबाहक खरिदकर्ताहरुसँग सप्लायरहरुको बारे सूचना शेयर गर्न सहयोग गर्दछ ।

यो ब्लकचेन नेटवर्कले समय र लागत दुबैलाई घटाएर स्तरिय डाटा शेयर गर्ने बताईएको छ । लन्च गरिएको ब्लकचेनमा एनहोयजर बुस इनबेभ, सिस्को, ग्लाक्सोस्मीथक्लाइन, लेनोभो, नोकिय, स्नाइडर इलेक्ट्रिक र भोडाफोनले ट्रस्ट योर सप्लायरकोे संस्थापक सहभागीको रुपमा हस्ताक्षर गरिसकेका छन् ।

आईबिएमसँग विश्वभर १८, ५०० भन्दा बढि सप्लायरहरु रहेका छन र कम्पनीले पनि ट्रस्ट योर सप्लायर नेटवर्क आफैंले पनि प्रयोग गर्ने योजना एिको बताएको छ । प्रारम्भमा करिब ४ हजार नर्थ अमेरिकन सप्लायरहरु आगामी केहि महिनामा नै जोडिने जानकारी दिएको छ ।

हाल सिमितरुपमा मात्र उपलब्ध ट्रस्ट योर सप्लायर नेटवर्क यो वर्षका अन्त्यमा भने व्यवसायीकरुपमा नै उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । एजेन्सी

easy care

प्रकाशित: २० श्रावण २०७६, सोमबार