क्यानाडामा हुण्डाईको इलेक्ट्रिक भेहिकल ‘कोना’ पड्किएर आगलागी, गाडि र ग्यारेज क्षतिग्रस्त

Technology Khabar १३ श्रावण २०७६, सोमबार

क्यानाडामा हुण्डाईको इलेक्ट्रिक भेहिकल ‘कोना’ पड्किएर आगलागी, गाडि र ग्यारेज क्षतिग्रस्त

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली अटो मेकर हुण्डाईको कोना गाडि नेपालमा पनि लोकप्रिय इलेक्ट्रिक भेहिकलमा पर्दछ । पछिल्लो दिनहरुमा विश्वभर विद्युतिय गाडिलाई विश्वभर प्रबद्र्धन गरिँदै आएको छ ।

तर विद्युतिय गाडिहरुमा भएको ब्याट्रीले भने कहिलेकाँही त्यसलाई असुरक्षित बनाउने गर्दछ । हालै यस्तै भएको क्यानाडाको मोन्ट्रेयलमा, गएको शुक्रबार अल इलेक्ट्रिक भर्सन अफ कोना पडकिएको र ग्यारेजमा आगो लागेपछि अग्नी नियन्त्रकहरुले त्यसलाई नियन्त्रणमा लिएका छन् ।

पिएरो कोसेन्तिनोले गएको मार्चमा हुण्डाई कोना इभी किनेका थिए । उनले सो आफ्नो ग्यारेजमा पार्क गरेर राखेको सो गाडि शुक्रबार दिउँदो हेर्दा कालो धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो घट्नामा कोना इभी पड्किएको थियो र ग्यारेजको ढोका उछिट्टिएको थियो ।

तत्काल अग्नीनियन्त्रकहरुले सो आगलागीलाई नियन्त्रण गरेका थिए भने कोहि पनि भएनन् ।

मोन्ट्रेयलको अग्नी नियन्त्रण सेवाले भने सो बिस्फोटको घट्नामा अन्य कुनै अतिरिक्त कारणहरु ग्यारेज भित्र नदेखिएको बताएको छ । मोन्ट्रेयलको अग्नी नियन्त्रण विभागले सो आगलागीको बारेमा अनुसन्धान गरिरहेको छ ।

यो हुण्डाईको कोना इभी पहिलो पटक पड्किएको घट्ना हो । तर इलेक्ट्रिक कारहरुमा साना ब्याट्री हुने हुँदा यसरी आगो लागेर पड्किनु भने अनौठो भएको बताईएको छ ।
स्रोत माध्यम

easy care

प्रकाशित: १३ श्रावण २०७६, सोमबार