प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई किन्ने

Technology Khabar २० असार २०७६, शुक्रबार

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई किन्ने

काठमाडौं ।

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंकलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंकले यस अघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भई सकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २० असार २०७६, शुक्रबार

ताजा समाचार