अमेरिकी सरकारले सेवाग्राहीलाई गरिने अबैध ‘रोबोकल’ बन्द गराउने

Technology Khabar १३ असार २०७६, शुक्रबार

अमेरिकी सरकारले सेवाग्राहीलाई गरिने अबैध ‘रोबोकल’ बन्द गराउने

काठमाडौं ।

काठमाडौं । अमेरिकी सरकारले राष्ट्रियस्तरमा नै अनधिकृतरुपमा संचालन भईरहेका रोबोकल्सलाई बन्द गराउने भएको छ । अमेरिकी सरकारले कम्पनीहरु र व्यक्तिगतरुपमा सेवाग्राहीहरुलाई पठाउने अवैध फोनकलहरुलाई नियन्त्रण गर्न यो अभियान संचालन गर्ने घोषणा गरेको हो ।

फेडरल ट्रेड कमिसनकाअनुसार अमेरिकामा मात्रै १० अर्ब अनावश्यक फोनकलहरु वित्तीय स्कीमहरु तथा अन्य सेवाहरुकोलागि गर्ने गरिन्छ ।

अमेरिकी सरकारले तोड्ने भनिएको यस्ता कलहरुमध्ये १०० वटामा ५ वटा कलहरु अपराधिक गतिबिधिसँग सम्बन्धित हुने गरेको बताईएको छ । यी सबै घट्नाहरु कमिसनको जस्टिस डिपार्टमेन्टले गर्नेछ भने ती १५ वटा स्टेटसँग आबद्ध थिए ।

यो टेलीमार्केटिंग र स्क्यामरहरुले गर्ने अनावश्यक र अवैध कलहरुलाई नियन्त्रण गर्ने अमेरिकी सरकारको पछिल्लो अभियान हो । यस्ता कलहरुमध्ये अधिकांशको स्रोत भनेको रोबोकल्स हो । यस्तो कल गर्नको लागि डेरेक जेसन बार्टोलीले सफ्टवेयर विकास गर्ने, बिक्री गर्ने र प्रयोग गर्ने गर्दै आएका थिए । जुन सफ्टवेयरबाट केहि समयम भित्रै लाखौं फोनकल गर्न सकिने थियो । सन् २०१७ को ६ महिनामा मात्रै ५ करोड ७० लाख कलहरु अमेरिकी फोन नम्बरहरुमा गरिएको संघिय गुनासो थियो ।

यो अभियानमा अमेरिकाका एरीजोना, कोलोराडो, फ्लोरिडा, इलिनोइस, टेक्सास, भर्जिनियालगायत १५ वटा राज्यहरुको संयुक्त एक्सन हुनेछ ।

यसका साथै कंग्रेसका दुबै चेम्बरहरुले अवैध रोबोकलहरुलाई सिमित गर्न सरकारको अधिकारलाई वृद्धि गर्ने कानून तयार गरिरहेका छन् ।
रोबोकल्स पोलिसी निर्माताहरुका लागि पनि मूख्य चासोको बिषय रहेको छ किनकी अमेरिकीहरुलाई अनावश्यक फोनकल आउने र प्रताडित गर्ने घट्ना बढिरहेको रिपोर्टमा उल्लेख छ ।

एक अध्ययन संस्थाकाअनुसार अमेरिकीहरुले सन् २०१९ को पहिलो अर्ध वार्षिकमा मात्रै २५ अर्ब ३० करोड रोबोकल्स प्राप्त गरेको थिए ।
एजेन्सी

easy care

प्रकाशित: १३ असार २०७६, शुक्रबार