फोर्डको क्लासिक गाडि मस्टाङको इलेक्ट्रिक भर्सन यस्तो छ, मूल्य ३ लाख ८१ हजार अमेरिकी डलर

Technology Khabar ७ असार २०७६, शनिबार

फोर्डको क्लासिक गाडि मस्टाङको इलेक्ट्रिक भर्सन यस्तो छ, मूल्य ३ लाख ८१ हजार अमेरिकी डलर

काठमाडौं ।

काठमाडौं । फोर्डले आफ्नो चर्चित गाडि मस्टाङलाई इलेक्ट्रिक भेहिकलको रुपमा ल्याउने भएको छ । कम्पनीले गुडवुडमा आगामी महिना प्रदर्शन गर्ने यो कार टेस्लाबाट प्रभावित भएको छ ।

फोर्डको इलेक्ट्रिक कार मस्टाङ स्लिक डिजाइनमा आएको छ । जसलाई बेलायतमा आधारित स्टार्टअप कम्पनी चार्जले सहयोग गरिरहेको छ ।

चार्ज कम्पनीले सन् १९६० को मस्टाङ गाडिदेखि नै आधिकारीकरुपमा गाडिलाई कन्भर्टिबल बनाउँदै आएका छन्, अहिले भने पूर्णरुपमा इलेक्ट्रिक कार डिजाइन ल्याएको हो ।

फोर्ड मस्टाङ इलेक्ट्रिक कारमा ६४ किलोवाट आवरको ब्याट्री प्याक छ भने ३०० किलोवाटको इलेक्ट्रिक मोटर राखिएको छ । यसको डिसी फास्ट चार्जिंग सिस्टमले ५० किलोवाट चार्ज रेट सपोर्ट गर्दछ ।

स्टार्टअप चार्जकाअनुसार यो गाडि रियर-ह्वील-ड्राइभ वा अल-ह्वील-ड्राइभमा आउँछ जसले ७,५०० एनएमको ह्वील टर्क र १,२०० एनएमको मोटर टर्क प्रदान गर्दछ ।

केबल ३.०९ सेकेण्डमा ६२ माइल प्रति सेकेण्डको दरले १०० किलोमिटरको गति प्रदान गर्न सक्दछ । यो कारमा भएको ६४ किलोवाट आवरको ब्याट्री पावरले १०० किलोमिटरको रेन्ज मात्र प्रदान गर्दछ ।

फोर्डको इलेक्ट्रिक मस्टाङको इन्टेरियर डिजाइन टेस्लाको मोडल एसको इन्टेरियरबाट प्रभावित रहेको छ जहाँ ठूलो भर्टिकल स्क्रीन डिजाइन छ ।

यो गाडिको प्रोटोटाइप यूकेको स्पीड फेटिस्वल गुडवुडमा जुलाईको पहिलो साता प्रदर्शन गरिनेछ । फोर्ड मस्टाङ इलेक्ट्रिक कार भर्सनको मूल्य स्टार्टअप कम्पनी चार्जले ३ लाख ८१ हजार अमेरिकी डलर राखेका छन् । एजेन्सी

easy care

प्रकाशित: ७ असार २०७६, शनिबार