नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

Technology Khabar १ असार २०७६, आईतवार

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

काठमाडौं ।

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ्ग हाउस (एचसीएचएल) बीच नाट्टाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ ।

उक्त समझदारीमा नाट्टाका अध्यक्ष सि।एन। पाण्डे तथा एचसीएचएल का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी अन्तर्गत नाट्टाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई www.connectips.com अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाट्टालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्ने बताईएको छ ।

आजको यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

easy care

प्रकाशित: १ असार २०७६, आईतवार