इन्क्रिप्टेड मेसेजिंग एप ‘टेलीग्राम’ मा चीनबाट साइबर आक्रमण गरिएको आरोप

Technology Khabar ३० जेष्ठ २०७६, बिहीबार

इन्क्रिप्टेड मेसेजिंग एप ‘टेलीग्राम’ मा चीनबाट साइबर आक्रमण गरिएको आरोप

काठमाडौं ।

काठमाडौं । लोकप्रिय इन्क्रिप्टेड मेसेजिंग एप टेलीग्राममा साइबर आक्रमण भएको छ । कम्पनीले आफ्नो नेटवर्कको एशिया क्षेत्रमा डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस(डिडिओएस) आक्रमण भएको उल्लेख गरेको छ ।

कम्पनीका फाउण्डर पाभेल डूरोभले आफ्नो मेसेजिंग सर्भिसमा चीनबाट ठूलो साइबर आक्रमण भएको बताएका छन् ।
बुधबार कम्पनीले टेलीग्राममा शक्तिशाली डिडिओएस आक्रमण भएको र त्यसले केहि घण्टासम्म आफ्ना सेवाहरु अबरुद्ध भएको स्पष्ट पारेको छ ।

डिडिओएस आक्रमणमा ह्याकरहरुले टार्गेट सर्भरहरुमा अत्यधिक मात्रामा जंक रिक्वेस्ट पठाउने गर्दछन् ।

टेलीग्राममा आक्रमण हुनुमा हालै हंगकंगमा भएको प्रदर्शनका लागि टेलीग्राममार्फत संयोजन गर्नु कारण रहेको छ । सो प्रदर्शन चीनको विरुद्धमा भएको थियो ।

कम्पनीका फाउण्डरले ट्वीटरमार्फत डिडिओएस आक्रमण भएको र २०० देखि ४०० जीबी प्रति सेकेण्डको जंक फाइलहरु आएको भेटिएको जानकारी दिए । साइबर आक्रमणले अमेरिका लगायत केहि देशहरुमा टेलीग्रामको सेवा अवरुद्ध भएको थियो ।

टेलीग्रामले प्रयोगकर्ताहरुलाई इन्क्रिप्टेड मेसेजेज, डकुमेन्ट्स, भिडियोहरु र तस्विहरु निशुल्क पठाउन प्लेटफर्म प्रदान गर्दछ ।

यूजरहरुले २ लाख जनासम्मको ग्रुप सिर्जना गर्न सक्दछ अथवा असंख्या मानिसहरुलाई देखाउनको लागि च्यानल बनाउन सक्ने सुविधा हुन्छ ।

यसअघि पनि टेलीग्राममा साइबर आक्रमण भएको थियो । जतिबेला चीनमा मानवअधिकार वकिलहरुलाई समातिएको थियो ।

easy care

प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार