ओभर दि टप सेवाको व्यवसाय ५ वर्षमा दोब्बर, १५९ बिलियन डलरको कारोबार हुने

Technology Khabar २९ जेष्ठ २०७६, बुधबार

ओभर दि टप सेवाको व्यवसाय ५ वर्षमा दोब्बर, १५९ बिलियन डलरको कारोबार हुने

काठमाडौं ।

काठमाडौं । ओभर दि टप(ओटिटि)को व्यवसाय तिब्र गतिमा बढिरहेको छ । हालै सार्वजनिक एक रिपोर्टकाअनुसार विश्वभर ओटिटि व्यवसायमा आगामी ५ वर्षमा दोब्बरको वृद्धि हुने देखिएको छ ।

डिजिटल टिभी रिसर्चले गरेको अनुसन्धानअनुसार विश्वभर सन् २०२४ सम्ममा ओटिटिको व्यवसायमा वृद्धि हुँदै १५९ बिलियन अमेरिकी डलर पुग्नेछ ।

सन् २०१८ मा विश्वभर ओटिटिको बजार ६८ बिलियन अमेरिकी डलरको थियो जुन आगामी दिनमा दोब्बरले वृद्धि हुने देखिएको हो । ओटिटि व्यवसायमा सन् २०१९ मा १७ बिलियन डलरले वृद्धि हुने अपेक्षा गरिएको छ ।

डिजिटल टिभी रिसर्चले विश्वका १३८ देशहरुबाट संकलन गरेको तथ्यांकको आधारमा सो रिपोर्ट सार्वजनिक गरेको हो । जसमध्ये प्रमुख ५ देशहरुले सन् २०२४ सम्ममा हुने व्यवसायको कुल ६८ प्रतिशत योगदान गर्नेछन् । यो प्रतिशत सन् २०१८ मा भने ७१ प्रतिशतसम्म थियो । यस्ता देशहरुमा अमेरिका, चीन, बेलायत, जर्मनी र फ्रान्स रहेका छन् ।

यसको सकारात्मक पक्ष भनेको अधिकांश देशहरुले ओटिटि व्यवसायलाई वृद्धि गरिरहेका छन जसले आम्दानी पनि बढाईरहेको छ । रिपोर्टअनुसार सन् २०२४मा सन् २०१८ को तुलनामा १८ देशहरुको आम्दानी १ बिलियन नाध्ने अपेक्षा गरिएको छ । सन् २०१४ मा १ बिलियन आम्दानी नधाउने देशहरुको संख्या केबल १० वटा मात्र थियो ।

१३८ देशहरुमध्ये अमेरिका पहिलो नम्बरमा नै रहिरहने अनुमान गरिएको छ । डिजिटल टिभी रिसर्चको रिपोर्टअनुसार आगामी ५ वर्षसम्म अमेरिकाले कुल ३४ बिलियन डलर थप आम्दानी बढाउनेछ र यसले कुल ६१ बिलियन डलरको योगदान गर्ने अनुमान छ ।

चीन तिब्रगतिमा वृद्धि भईरहेको ओटिटि बजारको रुपमा रहेको छ जसले आगामी ५ वर्षभित्र १५ बिलियन डलर थप आम्दानी गराउने छ । चीनले मात्र सो अवधिमा १७ बिलियन डलर ओटिटिको व्यवसाय गर्नेछ । सन् २०२४ सम्ममा अमेरिका र चीनले मात्र ओटिटि बजारको ५६ प्रतिशत हिस्सा ओगट्नेछन् ।

यसका साथै रिपोर्टअनुसार अडियो भिजुअल अन डिमाण्डको वृद्धि समेत हुने उल्लेख छ ।

आगामी दिनहरुमा धेरै संख्यामा अडियो भिजुअल अन डिमाण्ड सेवाहरु बढ्ने अपेक्षा गरिएको छ जसले रिपोर्टअनुसार सन् २०१८ देखि २०२४ सम्मको अवधिमा ३४ बिलियन अमेरिकी डलर आम्दानी वृद्धि गर्नेछ ।

स्रोत माध्यम

easy care

प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार