फोनपेमा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक/वित्तिय संस्था आबद्ध

Technology Khabar २६ जेष्ठ २०७६, आईतवार

फोनपेमा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक/वित्तिय संस्था आबद्ध

काठमाडौं ।

काठमाडौं । फोन-पे प्रालीले दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएको कम्पनीले जानकारी दिएको छ।

फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको उल्लेख छ।

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीको दाबी छ।

धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

फोनपे एफवान सफ्ट इन्टरनेशनलको सहायक कम्पनी हो।

easy care

प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार