माइक्रोसफ्टले आफ्नो अनलाइन स्टोरबाट ह्वावेका ल्यापटप हटायो

Technology Khabar ११ जेष्ठ २०७६, शनिबार

माइक्रोसफ्टले आफ्नो अनलाइन स्टोरबाट ह्वावेका ल्यापटप हटायो

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ कम्पनी ह्वावेको ल्यापटपहरु आफ्नो अनलाइन स्टोरबाट हटाएको छ ।

कम्पनीले शुक्रबारदेखि आफ्नो अनलाइनबाट ह्वावेका ल्यापटपहरुको बिक्री रोकेको हो ।

अमेरिकाले ह्वावेसँगको कारोबारलाई प्रतिबन्ध गरेसँग अमेरिकी टेक कम्पनीहरुले आफ्नो व्यवसायीक सम्बन्धमा पनि रोक लगाउँदै आएका छन् ।

अमेरिकी नयाँ कानूनअन्तरगत माइक्रोसफ्टले ह्वावेका ल्यापटपहरुमा विण्डोज अपरेटिंग सिस्टम उपलब्ध गराउन पाउने छैन् ।

ह्वावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि कम्पनीको कन्जुमर बिजनेसमा समस्या देखिएको छ । विश्वको सबैभन्दा ठूलो टेलिकम्यूनिकेसन्स इक्विपमेन्ट मेकर तथा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावे समस्यामा रहेको छ ।

अमेरिकी टेक कम्पनीहरुले व्यवसायमा रोक लगाउँदै गएपछि कम्पनी अप्ठ्यारोमा परेको छ । ह्वावेको कन्जुमर बिजनेस जसमा स्मार्टफोन, ल्यापटप, ट्याबलेट र स्मार्ट वाच रहेका छन, ले कम्पनीको आम्दानीमा निकै ठूलो हिस्सा ओगटेका छन् ।

माइक्रोसफ्टले ह्वावेसँगको कारोबारमा रोक लगाएपनि खासै ठूलो समस्या भने हुनेछैन् । किनकी ल्यापटप बजारमा ह्वावेको केबल २ प्रतिशत मात्र हिस्सा रहँदै आएको छ ।

स्रोत

easy care

प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार