रेनोको नयाँ अफरः बजेट अघि बेनिफिट

Technology Khabar १० जेष्ठ २०७६, शुक्रबार

रेनोको नयाँ अफरः बजेट अघि बेनिफिट
Classic Tech

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रा।लि।ले “रेनो बजेट अघि बेनिफिट” भन्ने नयाँ अफर सार्वजनिक गरेको छ ।

ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडिनै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वीत हुन सक्ने बताईएको छ ।

यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

Loading...