जर्मनीले बनायो पहिलो इलेक्ट्रिक हाइवे, गुडिरहेको बेलामा ट्रकको व्याट्री चार्ज हुने

Technology Khabar २६ बैशाख २०७६, बिहीबार

जर्मनीले बनायो पहिलो इलेक्ट्रिक हाइवे, गुडिरहेको बेलामा ट्रकको व्याट्री चार्ज हुने

काठमाडौं ।

काठमाडौं । यूरोपेली देश जर्मनीले पहिलो पटक ट्रकहरुका लागि इलेक्ट्रिक हाइवे अर्थात इ-हाइवे बनाएको छ । सो इलेक्ट्रिक हाइवेमा हाइब्रिड कार्गो ट्रकका व्याट्री गुड्दागुड्दै चार्ज हुनेछन् ।

जर्मन सरकारले यहि मंगलबारदेखि १० किलोमिटर लामो इलेक्ट्रिक हाइवेको परीक्षण सुरु गरेको हो । सिमेन्सले बनाएको सो हाइवेमा राखिएका पोलमा रहेको ओभर हेड केबलबाट इलेक्ट्रिक कार्गो ट्रक चार्ज हुने प्रविधिको राखिएको छ । सो हाइवे फ्र्याङफर्ट एयरपोर्टको नजिक रहेको छ ।

इलेक्ट्रिक हाइवेमा रहेको ओभरहेड केवलमा ६७० भोल्ट करेन्ट प्रवाह हुनेछ । जर्मन सरकारले सो परियोजनाको नाम इलेक्ट्रिफाइड इनोभेटिभ हाइवे ट्राफिक अन द अटोबाहन (इएलआइएसए) दिएको छ ।

सो हाइवेमा ट्रक ९० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउँदासम्म कनेक्सन कायम रहनेछ । १० किलोमिटरको ए५ अटोबाहन २०२२ सम्म परीक्षणकै रुपमा सञ्चालन हुनेछ । सो हाइवेमा ट्रक गुड्दासम्म इलेक्ट्रिक पावर प्रयोग हुनेछ भने परम्परागत सडकमा पुगेपछि इन्धनमार्फत सवारी संचालन हुने गरि हाइब्रिड प्रणाली भएका ट्रक गुड्नेछन् ।

परियोजनामा जर्मन सरकारले कुल १ करोड ४० लाख युरो लगानी गर्नेछ । जर्मन सरकारले ७७ मिलियन अमेरिकी डलर त्यस्तो हाइब्रिड प्रविधि प्रयोग गर्न सक्ने ट्रक उत्पादनका लागि खर्च गरिसकेको छ । सो रकमबाट फक्सवागनले सोही हाइवेमा चलाउन मिल्ने विशेष किसिमको हाइब्रिड ट्रक बनाउनेछ ।

सिमेन्सकाअनुसार १ लाख किलोमिटरको अवधिमा त्यस्तो ट्रक धनीले २०,००० यूरो बचत गर्न सक्नेछ ।

जर्मन ट्रान्सपोर्ट मन्त्रालयले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार निकट भविष्यमा जर्मनीको ८० प्रतिशत ट्रक विद्युतीकृत भइसक्ने छ ।

easy care

प्रकाशित: २६ बैशाख २०७६, बिहीबार