सेञ्चुरी बैंकको आठौं वार्षिक साधारण सभा सम्पन्न

Technology Khabar १२ बैशाख २०७६, बिहीबार

सेञ्चुरी बैंकको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बैशाख १२ गते सम्पन्न भएको छ ।

सो सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

आ.व. २०७५/७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ६४ अर्ब १२ करोड र कर्जा रकम रु. ५९ अर्ब ६१ करोड परिचालन गरी रु.७४ करोड २ लाख सञ्चालन मुनाफा र रु. ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

easy care

प्रकाशित: १२ बैशाख २०७६, बिहीबार