सिटिजन्सद्वारा हिमाल हस्पिटलमा एटिएम सञ्चालन

Technology Khabar ११ बैशाख २०७६, बुधबार

सिटिजन्सद्वारा हिमाल हस्पिटलमा एटिएम सञ्चालन

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टि.एम संचालनमा ल्याएको छ ।

बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त ए.टि.एम सेवाको शुरु गरे ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

ताजा समाचार