Technology Khabar १० बैशाख २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले सन् २०२० मा रोबोट्याक्सी संचालन गर्ने भएको छ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले वेबकास्ट प्रिजेन्टेसनमार्फत मानव चालक नभएको रोबोट्याक्सी अमेरिकाका केहि शहरहरुमा संचालन गर्ने बताएका हुन् । उनले अटोनोमस राइड शेयरिंग नेटवर्क बनाउँदै आगामी वर्ष टेस्लाले रोबोट्याक्सी संचालन गर्ने बताएका हुन् ।
‘म निकै विश्वस्त हुँदै यो प्रक्षेपण गरिरहेको छु की आगामी वर्ष टेस्लाद्धारा अटोनोमस रोबोट्याक्सी आउनेछ, उनले भने । तर उनले कम्पनीले त्यसको बारेमा गरिरहेको बिस्तृत कार्यहरु तथा अनुमतिको बारेमा भने जानकारी दिएनन्।
टेस्लाले आफ्ना इलेक्ट्रिक भेहिकलहरुमा राइड शेयरिंग एप जडानसहित उपलब्ध गराउने तयारीमा छ जसले उबर र एयरबिएनबीको बिजनेस मोडल जस्तै संचालन हुनेछ ।
टेस्लाले यसबाट २५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको आम्दानी ती राइडबाट कमाउने मस्कले बताए ।
टेस्लाका गाडिहरुमा कष्टम फूल सेल्फ ड्राइभिंग कम्प्यूटर चीप समेत प्रयोग गरिने जानकारी उनले दिए । यो चीप सामसंग इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले टेक्सासमा बनाएको हो जुन टेस्लाका सबै गाडिहरुमा प्रयोग हुनेछ ।
प्रकाशित: १० बैशाख २०७६, मंगलवार