टोयोटाले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी चिनियाँ स्टार्टअप कम्पनीलाई बिक्री गर्ने

Technology Khabar २ बैशाख २०७६, सोमबार

टोयोटाले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी चिनियाँ स्टार्टअप कम्पनीलाई बिक्री गर्ने

काठमाडौं ।

काठमाडौं । जापानीज कार मेकर टोयोटा मोटर कर्पले इलेक्ट्रिक कार टेक्नोलोजी चीनको सिंङ्गुलाटो कम्पनीलाई बिक्री गर्ने भएको छ । टोयोटाले चिनियाँ इलेक्ट्रिक भेहिक स्टार्टअप सिंङ्गुलाटोलाई बेच्ने पहिलो डिल गरेको छ ।

नयाँ सम्झौतापछि सिङ्गुलाटोले मिनी इलेक्ट्रिक भेहिकलको विकासमा तिब्रता दिने अपेक्षा गरिएको छ ।

सम्झौतामा टोयोटाले सो चिनियाँ कम्पनीलाई इलेक्ट्रिक कार टेक्नोलोजी दिएको बदलामा टोयोटाले सिङ्गुलाटोसँग ग्रीन कार क्रेडिट खरिद गर्नेछ, चीनको नयाँ कोटा सिस्टमअन्तरगत अल इलेक्ट्रिक र प्लग ईन हाइब्रिड भेहिकलको लागि तोकिएको ग्रीन कार क्रेडिट जुन सो कम्पनीले सिर्जना गर्नेछ ।

‘यसका साथै टोयोटाले चिनियाँ इलेक्ट्रिक भेहिकल स्टार्टअपले कसरी काम गर्छ भनेर सुक्ष्मरुपमा अध्ययन गर्न सक्नेछ जसले तिब्रगतिमा परिवर्तन भईरहेको बजारको रणनीति थाहापाउनेछ,’ सिङ्गुलाटोका सिईओ शेन ह्याईनले भने ।

रोयटर्सकाअनुसार टोयोटाका अधिकारीकाअनुसार इलेक्ट्रिफिकेसनका साथमा, अटोनोमस ड्राइभिंग र कार शेयरिंगले उद्योगलाई हल्लाउनेछ, र पुरानो तरिकालाई पुन परिक्षण गर्नेछ ।

easy care

प्रकाशित: २ बैशाख २०७६, सोमबार