पबजी मोबाइल गेमको विश्वस्तरीय प्रतियोगिता, २७ करोड रुपैयाँभन्दा बढि जित्ने अवसर

Technology Khabar २७ चैत्र २०७५, बुधबार

पबजी मोबाइल गेमको विश्वस्तरीय प्रतियोगिता, २७ करोड रुपैयाँभन्दा बढि जित्ने अवसर

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनमा मोबाइल गेम पबजी निकै लोकप्रिय गेमको रुपमा आईरहेको छ । यसले गर्दा मानिसहरु समस्यामा परेको र कतिपय स्थानमा प्रतिबन्ध लागिरहेको समाचार आईरहेको बेला पबजी गेमको अन्तराष्ट्रिय प्रतिस्पर्धा हुँदैछ ।

पबजी मोबाइल क्लब ओपन २०१९ टुर्नामेन्ट यो वर्ष विभिन्न तहमा आयोजना हुँदैछ । पबजी टुर्नामेन्टको स्पोन्सर भीभो स्मार्टफोन ब्राण्ड रहेको छ । यो टुर्नामेन्ट गेममा विश्वभरका प्लेयर्सले भाग लिईरहेका छन् ।

गेम टुर्नामेन्टमा १० अलग अलग देशहरुका कुल १६ टीम सहभागी रहेका छन् । यसमा साउथईष्ट एशिया, चिन, यूरोप, नर्थ अमेरिका, इण्डिया, जापान, मिडिल ईस्ट, साउथ अमेरिका, कोरियाका टीमका साथसाथै एउटा वाइल्ड कार्ड पनि हुनेछ ।

यो गेमको लागि रजिस्टेसन मार्च महिनामा नै सकिएको छ भने अनलाइन क्वालिफिकेशन राउण्ड पनि मार्चमा नै सकिएको छ ।

टुर्नामेन्टमा २.५ मिलियन डलर अर्थात करिब २७ करोड ७६ लाख रुपैयाँको पुरस्कार राशी राखिएको छ ।

पबजी मोबाइल क्लब ओपन २०१९ मा चार म्याप छ र यसमा प्लेयर्स टिपीपी मोडमा खेलिन्छ । यो टुर्नामेन्टको अनलाइन रिजनल ग्रुप राउण्ड ३२ प्लेयर्सको साथ २६ अप्रिलदेखि ५ मई सम्म हुनेछ । २४ प्लेयर्सका साथ अनलाइन रिजनल सेमिफाइनल्स १० मईदेखि १९ मईका बीच हुनेछ । त्यहिँ १६ प्लेयर्सका साथ अनलाइनको साथै अफलाइन फाइनल्स १० मईदेखि १४ जूनको बिचमा हुनेछ ।

यसपछि टुर्नामेन्टका स्प्रिंग स्प्लिट ग्लोबल फाइनल्स अफलाइन हुनेछ र यो जुलाईमा आयोजित गरिनेछ ।

त्यसपछि फल स्प्लिटका लागि रजिस्ट्रेशन अगस्तमा शुरु हुनेछ र यसको फाइनल डिसेम्बरमा हुनेछ ।

easy care

प्रकाशित: २७ चैत्र २०७५, बुधबार

ताजा समाचार