साओमीको फोल्डेबल फोन सामसंग ग्यालेक्सी फोल्ड भन्दा आधा सस्तो

Technology Khabar ४ चैत्र २०७५, सोमबार

साओमीको फोल्डेबल फोन सामसंग ग्यालेक्सी फोल्ड भन्दा आधा सस्तो

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनहरुमा फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने क्रम चलिरहेको छ । सामसंग र ह्वावेले आफ्नो फोल्डेबल फोन सार्वजनिक गरिसकेका छन् तर हाल सो फोन बजारमा उपलब्ध छैन् ।

दुबै कम्पनीले सार्वजनिक गरेको फोल्डेबल स्मार्टफोनको एउटै समानता रहेको छ त्यो भनेको दुबैको उच्च बजार मूल्य हो ।

सामसंगले ग्यालेक्सी फोल्डको मूल्य १,९८० डलर तोकेकोछ भने ह्वावेको मेट एक्सको मूल्य अझै महँगो गर्दै २, ६०० डलर तोकेको छ । यो मूल्यले गर्दा ती स्मार्टफोनहरुलाई लक्जरी आइटको रुपमा परिवर्तन गरेको छ, जून अधिकांश प्रयोगकर्ताहरुले उपभोग गर्न सक्दैनन् ।

तर त्यहि बचिमा अर्को टेक कम्पनी साओमीले पनि नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिरहेको छ । जसको मूल्य निकै सस्तो हुने भएको छ । साओमीले सामसंगको भन्दा करिब आधा मूल्यमा नै फोल्डेबल स्मार्टफोन ल्याउन लागेको हो । जसको मूल्य ९९९ अमेरिकी डलर हुने अनुमान छ ।

हालै आएको रिपोर्टअनुसार साओमीको फोल्डेबल स्मार्टफोन जून एमआई फोल्ड वा एमआई फ्लेक्सको नाममा आउनेछ त्यसको मूल्य ९९९ अमेरिकी डलर अमेरिकामा, ९९९ यूरो यूरोपेली बजारमा र भारतमा ७४,९९९ भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

कम्पनीले यो स्मार्टफोन अप्रिल र जून महिनाको बीचमा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ, यो फोन सबैभन्दा पहिले चिनमा सार्वजनिक हुनेछ भने त्यसपछि अन्य मुलुकहरुमा आउनेछ ।

साओमीले यो स्मार्टफोनमा भिजनोक्स टेक्नोलोजीले बनाएको ओएलईडी डिस्प्ले प्रयोग गर्नेछ जसको कारण यसको मूल्य सस्तो भएको रिपोर्टमा उल्लेख छ । सो डिस्प्लेको गुणस्तर भने कम्पनीले भने अनुसार नै रहेको बताईएको छ । तर त्यसको गुणस्तर सामसंग ग्यालेक्सी फोल्ड र ह्वावे मेट एक्सको जस्तो छ वा छैन भने हेर्न नै बाँकी छ ।

यो फ्ल्यागशिप स्मार्टफोनको रुपमा आउने छ र यसमा स्न्यापड्रागन ८५५ चीपसेट प्रयोग गरिएको छ भने फोनमा १० जीबी र्याम हुनेछ ।

यसअघि नै जनवरीमा कम्पनीका अधिकारीले यो फोनको प्रोटोटाइपको भिडियो सार्वजनिक गरेका थिए ।

easy care

प्रकाशित: ४ चैत्र २०७५, सोमबार