तपाईँको एन्ड्रोयड स्मार्टफोन लक भयो ? यी तरिका अपनाएर अनलक गर्नुस्

Technology Khabar २६ फाल्गुन २०७५, आईतवार

तपाईँको एन्ड्रोयड स्मार्टफोन लक भयो ? यी तरिका अपनाएर अनलक गर्नुस्

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन हरेक प्रयोगकर्ताहरुको कामलाई सहज बनाउन प्रयोग हुने गर्दछ तर कहिलेकाँही यसले समस्या पनि सिर्जना गर्दछ । स्मार्टफोनमा विभिन्न किसिमका एप्स डाउनलोड गरेर प्रयोग गर्नेगर्दा कहिलेकाँही तपाईँको स्मार्टफोन अचानक लक हुन सक्दछ । यस्तो बेलामा धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरु समस्यामा पर्दछन् ।

त्यसैले हामी आज एन्ड्रोयड स्मार्टफोन लक भएको बेलामा कसरी अनलक गर्ने भन्ने बारेमा जानकारी दिँदैछौं ।

फोन लक हुने विभिन्न कारणहरु हुन्छन । कयौं पटक गलत पासवर्ड हाल्दा पनि तपाईँको फोन लक हुन्छ भने कहिलेकाँही तपाईँले आफ्नो पिन आफैं बिर्सनुभयो भने पनि फोन लक हुन्छ । अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुलाई फोनमा पासवर्ड र पिन हाल्न आउँछ तर त्यो बिर्सियो भने के गर्ने भन्ने जानकारी हुँदैन् । त्यसैले एन्ड्रोयड स्मार्टफोन अनलक गर्ने सजिलो तरिका यहाँ छ जसले तपाईँलाई समस्यामा परेको बेला सहज हुनेछ ।

यसरी अनलक गर्नुस्-

सबैभन्दा पहिले कुनै अर्को स्मार्टफोन वा कम्प्यूटरबाट यो वेबसाइटको लिंक टाइप गर्नुहोस् ।
त्यसपछि ओके गर्नुहोस्

यसपछि तपाईँको फोनमा जून गूगल एकाउन्ट छ वा जसको प्रयोग तपाईँले फोनमा गरिरहनुभएको छ त्यस एकाउन्टमा लग इन गर्नुस्

लग इन गरिसकेपछि जीमेल एकाउन्टमा तपाईँले प्रयोग गर्दै आएका सबै डिभाइसहरुको जानकारीसहितको लिस्ट भेटिन्छ जहाँ तपाई आफ्नो लग इनसहितको जीमेल एकाउन्टको प्रयोग गर्नुहुन्छ ।

यसपछि सो लिस्टमा त्यो फोनलाई छनौट गर्नुहोस् जून फोन लक भएको छ र अनलक गर्नुपर्नेछ ।

यसपछि तपाईँलाई लक योर फोनको नयाँ अप्शन देखिनेछ जहाँ तपाईँले नयाँ पासवर्ड वा पिन हाल्नुपर्नेछ ।

यसपछि तपाईँको हामी स्क्रीनको पासवर्ड परिवर्तन हुनेछ र तपाईँको फोन अनलक हुनेछ ।

तर ध्यान दिनुहोस् फोन अनलक गर्नका लागि इन्टरनेट कनेक्शन हुनुआवश्यक छ ।

अर्को तरिका

फोन अनलक गर्ने अर्को तरिका भनेको गूगल असिस्टेन्टको प्रयोग हो । कयौं पटक तपाईँले गूगल असिस्टेन्टको प्रयोग गर्दा तपाईँले आफ्नो भ्वाइस म्याच गर्नुहुन्छ र ओको गूगलको प्रयोग गर्नुहुन्छ । तर यदि तपाईँको फोनको पासवर्ड वा पिन बिर्सनुभयो भने ओके गूगल भनेर फोन अनलक गर्न सक्नुहुन्छ ।

easy care

प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

ताजा समाचार