इलेक्ट्रीक कार मेकर टेस्लाले अनलाइनबाट मात्रै गाडी बेच्ने, सस्तो मोडल लन्च

Technology Khabar १८ फाल्गुन २०७५, शनिबार

इलेक्ट्रीक कार मेकर टेस्लाले अनलाइनबाट मात्रै गाडी बेच्ने, सस्तो मोडल लन्च
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रीक कार मेकर कम्पनी टेस्लाले आफ्ना गाडिहरुको मूल्य घटाउन अनलाइन बिक्री मात्र गर्ने जानकारी दिएको छ । कम्पनीले अबदेखि अफलाइन स्टोरहरु बन्द गर्दै विश्वभर नै अनलाइनमार्फत मात्र बिक्री गर्ने जनाएको हो ।

कम्पनीका सिईओ एलन मस्कले टेस्लाको कारहरु सस्तो मूल्यमा उपलब्ध गराउनका लागि कम्पनीले रिटेल स्टोरहरु बन्द गर्ने भएको जानकारी दिएका छन् । कम्पनीले आफ्नो लागत घटाउन र ग्राहकहरुलाई सस्तोमा कारहरु उपलब्ध गराउन भन्दै हाल अमेरिकामा रहेका केहि स्टोरहरु बन्द गर्ने भएको हो ।

तर मस्कले कतिवटा स्टोरहरु बन्द हुनेछन भन्ने जानकारी दिएनन् । उले केबल यी स्टोरहरु आगामी दिनमा सूचना केन्द्र र शोरुमको रुपमा मात्र रहने जानकारी दिएका छन् । यो निर्णयबाट कति कामदारहरु प्रभावित हुन्छन भन्ने जानकारी दिएको छैन् । आगामी दिनमा टेस्लाले अनलाइनबाट मात्र कारहरु बिक्री गर्नेछ ।

टेस्लाले निकै प्रतिक्षामा रहेको नयाँ तर सस्तो मोडलको गाडि पनि सावर्एजनिक गरेको छ । कम्पनीले मोडल ३ कै नयाँ सस्तो भर्सन मोडल ३एस अमेरिकी बजारमा ल्याएको हो । टेस्लाले यो नयाँ इलेक्ट्रीक सेडानको मूल्य ३५ हजार डलर तोकेको छ ।

करिब १ वर्षदेखि ग्राहकहरुले कुरिरहेका मोडल ३ एस इलेक्ट्रीक कार कम्पनी टेस्लाले बिहिबारदेखि डेलिभरी दिन शुरु गरेको हो ।

कम्पनीले ल्याएको मोडल ३एसको बेस मोडलमा २२० माइलको रेन्ज हुनेछ भने यो कार १३० माइल प्रति घण्टाको गतिमा कुद्न सक्नेछ ।

यसैबिच कम्पनीले मोडल ३ को नयाँ भर्सन मोडल थ्री स्ट्याण्डर्ड रेन्ज प्लस पनि बजारमा सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो नयाँ भर्सनमा २४० माइलको रेन्ज थप हुनेछ भने

अतिरिक्त १४० माइल प्रति घण्टाको गति समात्न सक्नेछ । यो गाडिको मूल्य भने न्यूनतम ३७ हजार अमेरिकी डलरदेखि शुरु हुनेछ ।

यसअघि टेस्लाको मोडल थ्रीको सस्तो कारको मूल्य ४२ हजार ९०० अमेरिकी डलर थियो ।

बिहिबारदेखि नै कम्पनीले आफ्ना इलेक्ट्रीक कार किन्न चाहने ग्राहकहरुका लागि नयाँ रिर्टन पोलिसी समेत सार्वजनिक गरेको छ । यदि कुनै ग्राहकले टेस्लाको इलेक्ट्रीक कार टेस्ट ड्राइभ गरेर सो गाडि किन्न चाहेनन् भने ७ दिन भित्र वा १००० माइलसम्म कुदाएर फिर्ता गर्न सक्नेछ, जसलाई कम्पनीले पुरै रकम फिर्ता दिनेछ ।

Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०७५, शनिबार

तपाइको प्रतिक्रिया