सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता

Technology Khabar ६ फाल्गुन २०७५, सोमबार

सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता

काठमाडौं ।

काठमाडौं । सम्सारा रेमिट प्रालिले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क्रममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता गरेको छ ।

सो सम्झौता पत्रमा सम्सारा रेमिटको तर्फबाट डाइरेक्टर–व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिटको मुख्य कार्यालयमा एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो ।

हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिटले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुँदा दुई कम्पनी बीचको सहकार्यले गर्दा आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ (पाँच) वटा शाखाबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालैभरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन र रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्ने जनाएको छ ।

easy care

प्रकाशित: ६ फाल्गुन २०७५, सोमबार