जीमेलले दैनिक १० करोड स्पाममेल रोक्दै, आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग

Technology Khabar २४ माघ २०७५, बिहीबार

जीमेलले दैनिक १० करोड स्पाममेल रोक्दै, आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी गूगलले आफैंले तयार पारेको मशीन लर्निंग फ्रेमवर्क ‘टेन्सोरफ्लो’ लागू गरेसँगै जीमेल प्रयोगकर्ताहरुको स्पाम मेल फिल्टर गर्न सहज भएको जनाएको छ । यसका साथमा गत महिनादेखि आएको नयाँ फिल्टरले दैनिक १०० मिलियन स्पाम संदेशहरु रोक्ने गरेको जानकारी दिएको छ ।

कम्पनीले हाल १ बिलियन अर्थात १ अर्ब जीमेल यूजर्सलाई सेवा दिईरहेको छ, जसमध्ये १० करोड स्पाम मेसेजहरु ब्लक गर्नु निकै उल्लेख हो । जीमेलको तथ्यांक हेर्दा प्रति १० ईमेलमध्ये एक जनाकोमा स्पाम मेल बन्द गर्न सक्नेछ ।

जीमेलले यसअघि नै ९९.९ प्रतिशत स्पाम मेल ब्लक गरिसकेको बताएको छ, त्यसमध्ये पनि बाँकीलाई फिल्टर गर्ने प्रयास गरिरहेको उल्लेख गरेकोछ ।

गूगलका काउन्टर एब्यूज टेक्नोलाजीका प्रडक्ट म्यानेजर नेल कुमारानले भने, जून स्केलमा हामी काम गरिरहेका छौं, त्यसमा अतिरिक्त १०० मिलियन थप हुनु सजिलो होईन् ।

जीमेलले वषौंदेखि नै रुल्ड बेस्ड फिल्टरका लागि आर्टिफिशियल इन्टेलिजेन्स प्रयोग गरिरहेकोछ ।

टेन्सोरफ्लो गूगलले सन् २०१५ देखि लन्च गरेको हो र कम्पनीको एआई बिजनेसका लागि यो निकै महत्वपूर्ण अंगको रुपमा रहेको छ । यो निशुल्क उपलब्ध हुने मशीन लर्निंग फ्रेमवर्क हो जसले डेभलपर्सलाई ठूलो मात्रामा कार्य गर्नका लागि एआई टूल्स सिर्जना गर्न अनुमति दिन्छ ।

गूगलले टेन्सोरफ्लोलाई जीमेलसँग एकिकृत गरेपछि पर्सनलाइज्ड स्पाम फिल्टरका लागि पनि सहयोगी हुने उल्लेख गरेको छ ।

easy care

प्रकाशित: २४ माघ २०७५, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार