फक्सवागनको चार्जिंग स्टेशनहरुमा टेस्लाको ब्याट्री प्याक प्रयोग गरिने

Technology Khabar २२ माघ २०७५, मंगलवार

फक्सवागनको चार्जिंग स्टेशनहरुमा टेस्लाको ब्याट्री प्याक प्रयोग गरिने

काठमाडौं ।

काठमाडौं । गाडि उत्पादक कम्पनी फक्सवागनले इलेक्ट्रिफाई अमेरिकाको नाममा विभिन्न मोडलका इलेक्ट्रिक कारहरु र चार्जिंग स्टेशनहरु धमाधम बनाई रहेको छ । कम्पनीले यसअघि डिजेल कार्बन उत्सर्जनको काण्डपछि यो नयाँ थीम र योजनामा काम गरिरहेको छ ।

यसै योजनामा थप अगाडि बढ्न फक्सवागनले अब टेस्लाको पावरप्याक सिस्टम आफ्ना १०० भन्दा बढि इलेक्ट्रिक भेहिकल चार्जिंग स्टेशनहरुमा यो वर्ष प्रयोग गर्ने योजना ल्याएको छ ।

इलेक्ट्रिफिाई अमेरिकाले टेस्लाको पावरप्याक आफ्नो स्टेशनहरुमा प्रयोग गर्नु ग्राहकहरुको लागि निराशाजनक हुने रिपोर्टमा बताईएको छ । जसले ग्राहकहरुलाई थप व्यवभार हुनेछ ।

इलेक्ट्रिक भेहिकल धनीहरुले यदि अधिक माग भएको समयमा आफ्नो गाडि चार्ज गरेमा उच्च शुल्कतिर्नुपर्ने हुन्छ । टेस्लाको पावरप्याक ब्याट्री सिस्टमले अफ पिक आवरमा उर्जा स्टोर गर्ने गर्दछ । र त्यो स्टोर गरिएको उर्जा पिक डिमाण्ड आवरमा प्रयोग गर्न सकिन्छ, तर त्यसबेला भने चार्जिंग शुल्क उच्च हुने गर्दछ ।

इलेक्ट्रिफाई अमेरिकाकाअनुसार प्रत्येक साइटमा २१० किलोवाट ब्याट्री सिस्टम आपूर्ति हुनेछ जहाँ अधिकतम ३५० किलोवाटको क्षमता रहेको छ ।

‘हाम्रा स्टेशनहरुमा हाल उपलब्ध भएका प्रविधिकतापूर्ण एडभान्स चार्जिंग प्रयोग गरिनेछ,’ इलेक्ट्रिफाई अमेरिकाका सिईओ जिओभानी पालाज्जोले भने, ‘टेस्लाको पावरप्याक सिस्टम प्राकृतिकरुपमा फिट छ जहाँ ब्याट्री स्टोरेज विकास र इलेक्ट्रिक भेहिकल चार्जिंगमा उनीहरुको विश्वव्यापी एस्सपर्टाईज रहेको छ।’

इलेक्ट्रिफाई अमेरिकाले आगामी १० वर्षमा २ विलियन अमेरिकी डलर स्वच्छ उर्जा पूर्वाधार र शिक्षामा खर्च गर्ने प्रतिबद्धता गरेको छ ।

सो अभियानले अमेरिकाभर जुलाई १ सम्ममा २ हजार भन्दा बढि चार्जिंग स्टेशनहरु लगाउने योजना लिएको छ ।

माध्यम

easy care

प्रकाशित: २२ माघ २०७५, मंगलवार