टाटा मोटर्सको विंगर मिनिबस सार्वजनिक, टुर र ट्राभल्सका लागि उपयुक्त

Technology Khabar १४ पुष २०७५, शनिबार

टाटा मोटर्सको विंगर मिनिबस सार्वजनिक, टुर र ट्राभल्सका लागि उपयुक्त

काठमाडौं ।

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभल व्यवसायलाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ ।

३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको टाटा मोटर्सका भिपि (प्रडक्ट लाइन एससिभि), बिनय पाठकले बताए ।

सो कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, ‘टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र विक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं ।’

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ ।
टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी रहेको छ ।

१९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १४ पुष २०७५, शनिबार