कुबोट स्मार्टफोन नेपाली बजारमा, सूपथ मूल्यमा उत्कृष्ट फोन

Technology Khabar ५ पुष २०७५, बिहीबार

कुबोट स्मार्टफोन नेपाली बजारमा, सूपथ मूल्यमा उत्कृष्ट फोन

काठमाडौं ।

काठमाडौं । काष्ठमण्डप एशिया इन्टरनेशनल प्रालि नेपालको लागि कुबोट स्मार्टफोनका लागि आधिकारिक बितरकको रुपमा नियुक्त भएको छ । कम्पनीले हालै नेपाली बजारमा ६ वटा मोडलका कुबोट स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

यी मोडलहरुमा १जीबी र १६ जीबी, २ जीबी र १६ जीबी, ३ जीबी र १६ जीबी तथा ३ जीबी र ३२ जीबी क्षमताका मोडल रहेका छन् ।

९ हजार रुपैयाँदेखि १६, हजार रुपैयासम्ममा उपलब्ध हुनेछ । कुबोटका यी फोनहरुमा लेटेस्ट एन्ड्रोयड भर्सन, ५ देखि ५.५ इन्चसम्मका डिस्प्ले क्वालिटी, फिंगरप्रिन्ट, ड्यूल रियर क्यामरा जस्ता विशेषताहरु छन् ।

कुबोट जे३ स्मार्टफोनमा ५ इन्चको डिस्प्ले, १ जीबी, १६ जीबी स्टोरेज, ८ मेगापिक्सेल रियर क्यामरा, ५ मेगापिक्सेलका साथमा २००० एमएएच ब्याट्री पावर रहेको छ । इन्ट्रि लेभलको स्मार्टफोनको अधिकतम बजार मूल्य ९ हजार ५०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरि कुबोट आर११ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले, २ जीबी र्याम र १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यो फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । फोनमा २८०० एमएएचको ब्याट्री राखिएको छ भने यसको मूल्य १४ हजार ३०० रुपैयाँ तोकिएको छ ।

कुबोटको अर्को स्मार्टफोन नोट प्लसमा ५.२ इन्चको डिस्प्ले राखिएको छ भने यसमा ३ जीबी र्याम र ३२ जीबीको स्टोरेज रहेको छ । फोटोग्राफीका लागि फोनमा १६ मेगापिक्सेलको रियर क्यामराका साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २८०० एमएएचको ब्याट्री पावर छ, जसको बजार मूल्य १६ हजार १०० रुपैयाँ तोकिएको छ ।

म्याजिक स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ भने फोनमा ३ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेज छ । फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २६०० एमएएचको ब्याट्री पावर भएको यो फोनको बजार मूल्य १४ हजार ८२० रुपैयाँ तोकिएको छ ।

कुबोटले ल्याएको अर्को स्मार्टफोन हो आर ९ । यो फोनमा ५.० इन्चको डिस्प्ले छ भने २ जीबी र्याम र १६ जीबी स्टोरेजका साथमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २६०० एमएएचको ब्याट्री प्याक भएको यो फोनको बजार मूल्य १२ हजार ६७५ रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: ५ पुष २०७५, बिहीबार