फेसबुकको मुख्यालयमा बम भएको चेतावनीपछि खालि गराईयो, सबै कर्मचारी सुरक्षित

Technology Khabar २६ मंसिर २०७५, बुधबार

फेसबुकको मुख्यालयमा बम भएको चेतावनीपछि खालि गराईयो, सबै कर्मचारी सुरक्षित

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी फेसबुकको अमेरिकास्थित मुख्य कार्यालयमा बम भएको आशंकामा प्रहरीले फेसबुक अफिस खालि गराएको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको हेडक्वार्टरमा मंगलबार बम बिस्फोट गराउने धम्की आएपछि त्यहाँको प्रहरीले तत्काल फेसबुकका कर्मचारीहरुलाई बाहिर निकालेको थियो ।

तर केहि घण्टाको छानबिनपछि प्रहरीले भवनहरुमा केहि शंकास्पद वस्तु नभएको भनेर त्यसलाई सुरक्षित भएको बताएको थियो ।

न्यूयोर्क प्रहरी डिपार्टमेन्टले फेसबुकको क्याम्पस रहेको मेन्लो पार्कमा बम भएको चेतावनी मंगलबार बेलुकी पाएको थियो । सोहि चेतावनीको आधारमा प्रहरीले फेसबुकको सबै कार्यालयमा छानबिन गरेर सुरक्षित पारेको हो ।

फेसबुकका प्रवक्ताले सो घटनाबारेमा जानकारी दिँदै मुख्य कार्यालय भएको भवन भन्दा बाहिरको अर्को भवन खालि गराईएको बताए । उनले फेसबुकमा कार्यरत मानिसहरुको सुरक्षा आफ्नो पहिलो र संवेदनशिल प्राथमिकता भएको बताए ।

यसअघि पनि अप्रिलमा अर्को टेक कम्पनी यूट्यूबमा सुरक्षा सम्बन्धि घटना भएको थियो । जहाँ एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा ३ जना मानिसहरु घाईते भएका थिए भने गोली चलाउनेले आफैंलाई गोली हानेकी थिईन् ।

माध्यम

easy care

प्रकाशित: २६ मंसिर २०७५, बुधबार

ताजा समाचार