शाओमीको रेडमी नोट ६ प्रो नेपाली बजारमा उपलब्ध, ड्यूल क्यामरा र शक्तिशाली ब्याट्री पावर

Technology Khabar १८ मंसिर २०७५, मंगलवार

शाओमीको रेडमी नोट ६ प्रो नेपाली बजारमा उपलब्ध, ड्यूल क्यामरा र शक्तिशाली ब्याट्री पावर

काठमाडौं ।

काठमाडौं । शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन उपलब्लध भएको घोषणा गरेको छ । कम्पनीले नेपालमा आफ्नो पहिलो चारवटा क्यामरा भएको स्मार्टफोन रेडमी नोट ६ प्रो (Redmi Note 6 Pro) भाेली एक कार्यक्रमका बिच विभिन्न बजारहरुमा प्रदर्शन समेत गर्दैछ ।

शाओमीले यसअघि बजारमा ल्याएको रेडमी नोट ५ एआईको सक्सेसरको रुपमा ल्याएको रेडमी नोट सिक्स प्रोमा नोचसहितको १९:९ रेसियो भएको डिस्प्ले छ भने ड्यूल सेल्फी क्यामरा र रियर क्यामरा सेटअपमा सुधार गरिएको छ ।

शाओमीका देशिय महाप्रबन्धक सौरभ कोठारीले भने, ‘रेडमी नोट आफैंमा विश्वसनिय छनौट भईरहेको छ । रेडमी नोट ५ एआई शक्तिशाली ड्यूल क्यामरा स्मार्टफोनको रुपमा आएको थियो जून नेपालमा निकै मनपराईयो । रेडमी नोट सिक्स प्रोका साथमा हामी नेपालमा एमआई फ्यानहरुलाई सूपथ मूल्यमा उत्कृष्ट प्रविधि दिन चाहन्छौं ।’

रेडमी नोट सिक्स प्रो

नोच डिजाइनमा आएको यो स्मार्टफोनमा ६.२६ इन्चको फूल एचडी प्लस आईपीएस डिस्प्ले राखिएको छ, यसको पिक्चर रिजोल्यूशन २२८०x१०८० पिक्सेल छ । जसलाई कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ । यसको डिस्प्ले कडा घाम लागेको बेला समेत हेर्न सकिने गरि ५०० नीट म्याक्सिमम ब्राइटनेट रहेको छ ।

रेडमी नोट सिक्स प्रोमा क्वालकम स्न्यापड्रागन ६३६ अक्टाकोर प्रोसेसर राखिएको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्सहितको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा शक्तिशाली ४००० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले दुई दिनसम्म फोन चलाउन सकिनेछ ।

फोटोग्राफीका लागि रेडमी नोट सिक्स प्रो स्मार्टफोनमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको एआई ड्यूल रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि २० मेगापिक्सेल प्लस २ मेगापिक्सेलको एआई ड्यूल क्यामरा राखिएको छ । यसमा एआई पोर्टेट मोड २.० रहेको छ, जसले बोकेह इफेक्ट प्रयोग गर्न सहियोग गर्दछ, जसमा लाइट ट्रायल, इन्क्रेडिबल स्टूडियो लाइट छन् ।

शाओमीको नयाँ स्मार्टफोनमा ड्यूल हाईब्रिड सिम स्टल छ भने यसको डिजाइनले गर्दा यो फोन बोक्न र प्रयोग गर्न सहज रहेको छ । यसमा रियर फिंगरप्रिन्ट सेन्सर राखिएको छ । कम्पनीकाअनुसार रेडमी नोट सिक्स प्रो खरिदमा निशुल्क सफ्ट केस उपहारमा प्राप्त गर्ने छन् ।

रेडमी नोट सिक्स प्रो ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भेरिएन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने अर्को ४ जीबी ६४ जीबी स्टोरेजको मूल्य २८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो स्मार्टफोन लेक ब्लू र ग्राफिटे ब्ल्याक कलर भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार