विश्व रोबोट प्रतियोगितामा नेपाली विद्यार्थी पहिलो पटक सहभागी, कृषि औद्योगीक रोबोट प्रदर्शन

Technology Khabar ६ मंसिर २०७५, बिहीबार

विश्व रोबोट प्रतियोगितामा नेपाली विद्यार्थी पहिलो पटक सहभागी, कृषि औद्योगीक रोबोट प्रदर्शन

काठमाडौं ।

काठमाडौं । विश्वभरका प्राथमिक विद्यालय तह देखि स्नातक तह सम्म विद्यार्थीहरु भएको बैज्ञानिक ज्ञान क्षमता रोबोट निर्माण एवं प्रदर्शनी मार्फत देखाई विभिन्न विधामा प्रतिस्पर्धा गरिने विश्व रोबोट प्रतियोगिता २०१८ ‘World Robot Olympiad 2018’ सम्पन्न भएको छ ।

नोभेम्वर १६ देखी १८ सम्म थाईल्यान्डमा सम्पन्न सो कार्यक्रममा ६७ भन्दा बढी राष्ट्रको सहभागिता भएको थियो । उक्त कार्यक्रममा सिङ्गापुर, जापान, मलेशिया, फिलिपिन्स, जर्मनी लगायत राष्ट्रहरुले प्रमुख स्थान हसिल गरे ।

नेपाल विश्व रोबोट प्रतियोगितामा यो पहिलो पटक सहभागी भएको हो । विद्यालय तहबाटबाट १ टिम तथा प्लस टू तहबाट १ टिमको सहभागिता भएको थियो।

स्टेम फाउन्डेशन नेपालले देशभर १०० भन्दा बढी टिमलाई राष्ट्रिय स्तरमा तलिम दिई प्रतियोगितामा सहभागी सिनियर र जुनियर तर्फको राष्ट्रिय बिजेतालाई स्टेम फोउन्डेसनले अन्तराष्ट्रिय फाईनल प्रतियोगिताका लागि लगेको स्टेम फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले जानकारी दिए ।

वल्र्ड ओलम्पियाड शुरु भएको करिब १४ वर्षपछि नेपालले पहिलो पटक खाद्यान्नलाई प्राथमिकता विषयमा कृषिलाई औद्योगीकरणका लागि सहयोग गर्ने उद्देश्यले बनाईएका रोबोटहरु प्रस्तुत गरिएको थियो ।

easy care

प्रकाशित: ६ मंसिर २०७५, बिहीबार