मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल र एनएलजी इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार