विश्वको पहिलो ब्लकचेन बण्ड विश्व बैंकद्धारा जारी, ८७ मिलियन डलरको ‘बण्ड-आई’

Technology Khabar १० भाद्र २०७५, आईतवार

विश्वको पहिलो ब्लकचेन बण्ड विश्व बैंकद्धारा जारी, ८७ मिलियन डलरको ‘बण्ड-आई’

काठमाडौं ।

काठमाडौं । विश्व बैंकले पहिलो पटक ब्लकचेनमा आधारित बण्ड सार्वजनिक गरेको छ । विश्व बैंकले अष्ट्रेलियाको कमनवेल्थ बैंक अफ अष्ट्रेलियासँग मिलेर विश्वको पहिलो ब्लकचेन बण्ड जारी गरेको हो ।

१०० मिलियन अष्ट्रेलियन डलर अर्थात करिब ७३.१६ मिलियन अमेरिकी डलर बराबरको बण्ड आई(Bond-i) नामक ब्लकचेन बण्ड जारी गरेको हो ।

यो पहिलो बण्ड हो जसलाई ब्लकचेन प्रविधिमा सिर्जना गरिएको छ भने यसको एलोकेसन, ट्रान्सफर र म्यानेज गर्न सकिन्छ । दुई वर्षे बण्डको यिल्ड २.२५२ प्रतिशत तोकिएको छ ।

विश्व बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो विभिन्न परिक्षणहरुमध्येको एउटा हुनेछ जसले विश्व वित्तिय संस्थाहरुलाई ब्लकचेन अनुसन्धानमा आकर्षित गर्नेछ ।’

गत जूनमा विश्व बैंकले प्रविधिसँग जोडिनेगरि ब्लकचेन इन्नोभेसन ल्याब स्थापना गरेको थियो ।

सो ब्लकचेन बण्डमा सिबिए, फस्र्ट स्टेट सूपर, एनएसडब्लू ट्रेजरी कर्पोरेशन, नर्थ ट्रष्ट, क्यूबीई, एसएएफए र ट्रेजरी कर्पोरेशन अफ भिक्टोरिया रहेका छन् ।

के हो ब्लकचेन ?

लगभग सबैले ब्लकचेनको बारेमा सुनेका छन्, तर सबैले यसले कसरी काम गर्दछ भन्ने बुझेका छैनन् । लाखौं डाटा ब्लकको लामो श्रृंखलालाई जोडेर ब्लकचेन बनाइन्छ । इन्टरनेट, पर्सनल की तथा प्रोटोकललाई नियन्त्रण गरी तीन अलग–अलग प्रविधिको संयोजन नै ब्लकचेन हो ।

ब्लकचेन एक प्रकारको डिजिटल प्लेटफर्म हो, जसमा डिजिटल रकम मात्र नभै कुनै पनि वस्तुलाई डिजिटल बनाएर रेकर्ड राखिन्छ । यसमार्फत धनको लेनदेन वा अन्य जानकारी संग्रह गरिन्छ । यसमा हुने कारोबारका लागि कुनै बैंक वा वित्तीय संस्था अथवा अन्य कुनै तेस्रो पक्षको आवश्यकता हुँदैन ।

ब्लकचेन नेटवर्कमा भएका संसारका सबै मानिसलाई उक्त कारोबारका बारेमा जानकारी हुन्छ । संसारमा भएका लाखौ कम्प्युटर नेटवर्कमा उक्त कारोबारको जानकारी सुरक्षित रूपमा संग्रहित भएर बस्छ । एक–अर्कामा धनको हस्तान्तरण पनि सहज तरिकाले हुन्छ र ह्याकिङ वा कुनै अन्य डर पनि हुँदैन । यसका लागि कुनै अतिरिक्त शुल्कसमेत लाग्दैन ।

यो प्रविधि नक्कल गर्न नसकिने डिजिटल हस्ताक्षरबाट कारोबार गर्ने गरी कम्प्युटर नेटवर्कले सिर्जना गरेको हो । यसमा सरकारी नियमन हुँदैन ।

ब्लकचेनलाई हानिकारक भनी यसलाई बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीसँग जोड्ने गरिन्छ । बिटक्वाइन र ब्लकचेनबारे भ्रम छ । ब्लकचेन प्रविधि र क्रिप्टोकरेन्सीमा भिन्नता छ । एउटालाई स्वीकृति दिइएको छ, अर्कोलाई दिइएको छैन । क्रिप्टोकरेन्सी ब्लकचेनको एउटा सानो पाटो मात्र हो ।

माध्यम

easy care

प्रकाशित: १० भाद्र २०७५, आईतवार