गूगलले हटायो ३९ यूट्यूब च्यानल र ६ ब्लग, यस्तो छ हटाउनुका कारण

Technology Khabar ८ भाद्र २०७५, शुक्रबार

गूगलले हटायो ३९ यूट्यूब च्यानल र ६ ब्लग, यस्तो छ हटाउनुका कारण

काठमाडौं ।

काठमाडौं । सर्च इन्जिन गूगलले कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई सर्चबाट हटाएको छ । कम्पनीले ईरानसँग जोडिएको कयौं एकाउन्टहरुसहित कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई हटाएकोहो ।

मिडिया रिपोर्टहरुकाअनुसार गूगलले ईरानसँग सम्बन्धित ३९ यूट्यूब च्यानलहरु हटाएको छ । यी सबै यूट्यूब च्यानलहरु स्टेटद्धारा संचालित इस्लामिक रिपब्लिक अफ ईरान ब्रोडकास्टिंगमा जोडिएका थिए ।

गूगलले यी यूट्यूब च्यालनहरुको पहिचान गरेपछि मात्र हटाईएको उल्लेख गरेको छ ।

यूट्यूब बाहेक गूगलले ब्लगर्सको छ वटा ब्लग्स तथा १३ गूगल एकाउन्टलाई पनि हटाएको छ । गूगलले आफ्नो ब्लग पोष्टकाअनुसार यी विषयहरुमा अनुसन्धान भईरहेको छ । यो अनुसन्धानको निष्कर्ण अमेरिकी सरकारी संस्थानहरुसँग साझा गरिने बताएको छ ।

यी सबै च्यानल, ब्लग र यूट्यूब च्यानलहरुमार्फत ईरानीयन प्रोपोगाण्डा चलाईरहेको बताईएको छ ।

यसअघि फेसबुक, ट्वीटर, अल्फाबेटलगायतका कम्पनीहरुले पनि सयौं एकाउन्टहरु हटाएका थिए ।

easy care

प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार