फेसबुकलगायतका सामाजिक संजालको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

Technology Khabar ४ भाद्र २०७५, सोमबार

फेसबुकलगायतका सामाजिक संजालको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

काठमाडौं ।

काठमाडौं । संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ ।

विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी विज्ञापन कारोबारमा कर लगाउन सञ्चार तथा सूचना प्रबिधी मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सोमबार बसेकाे बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानूनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश दिएको छ।

राजश्व सचिव शिशिर कुमार ढुंगानाले फेसबुक र ट्विटर लगायतका समाजिक सञ्जालहरु मार्फत हुने विज्ञापन कारोबारमा कर लगाउने तयारी भैरहेको बताए । उनले नेपाल दुर सञ्चार प्राधिकरणसँग समन्वय गरेर कर असुलीको तरिकाका बारेमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिईसकिएको पनि जानकारी दिए ।

easy care

प्रकाशित: ४ भाद्र २०७५, सोमबार