प्राइमलाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना ‘प्राइम जीवन उपहार’ सार्वजनिक

Technology Khabar १७ श्रावण २०७५, बिहीबार

प्राइमलाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना ‘प्राइम जीवन उपहार’ सार्वजनिक

काठमाडौं ।

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्सले हालै एक नयाँ बीमा योजना “प्राइम जीवन उपहार” सार्वजनिक गरेको छ । नयाँ बीमा योजना वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले सार्वजनिक गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले नयाँ बीमा योजनाको मुख्य विशेषताहरुको साथै समग्र कम्पनीको अवस्थाको वारेमा जानकारी गराएका थिए ।

नयाँ बीमा योजनाअन्तर्गत बीमा समाप्ती हुने मिति अगावै पहिलो बार्षिकोत्सव भित्र बीमितको मृत्यु भएमा मूल बीमालेखको बीमाङ्क र आर्जित बोनस तथा पहिलो बार्षिकोत्सव पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम तथा दुवै बीमालेखमा नियमानुसार आर्जन गरेको बोनस एक मुष्ट भुक्तानी दिइने कम्पनीले जानकारी दिएको छ ।

यसका अतिरीक्त बीमितले बीमाङ्क रकमको आधारमा ५० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ तथा बीमाशुल्क छुट तथा अपाङ्ग अशक्त सुविधा सुविधा प्राप्त गर्न सक्नेछन् र यसको लागी बीमितले उक्त सुविधाहरु वापत अतिरीक्त बीमाशुल्क भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ श्रावण २०७५, बिहीबार