युनाईटेड ईन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

Technology Khabar १३ श्रावण २०७५, आईतवार

युनाईटेड ईन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

काठमाडौं ।

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एनआईसी एशिया बैंक लि. का बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एन आई सी एशिया बैंकका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतबाट सम्झौता बमोजिम बैंकको हाल संचालनमा रहेका शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयबाट ग्राहकहरुले धितो तथा अन्य सम्पत्तिहरुको बीमा रक्षवरण युनाईटेड ईन्स्योरेन्समार्फत गर्न सक्ने र युनाईटेड ईन्स्योरेन्सले ग्रहाकहरुको धितो तथा सम्पत्तिहरुको बीमालेख जारी गर्न सक्ने हुँदा सहज र सरल प्रकृयाबाट बीमा सेवा उपलब्ध हुने विचार व्यक्त गरे ।

easy care

प्रकाशित: १३ श्रावण २०७५, आईतवार

ताजा समाचार