ओपोद्वारा मोबाइल ह्याण्डसेट क्यामेराका लागि कोरफोटोनिक्ससँग सम्झौता

Technology Khabar २५ असार २०७५, सोमबार

ओपोद्वारा मोबाइल ह्याण्डसेट क्यामेराका लागि कोरफोटोनिक्ससँग सम्झौता

काठमाडौं ।

काठमाडौं । ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार ओपोले अब स्मार्टफोन क्यामेरा रोडम्याप (उच्च अप्टिकल जुम फ्याक्टर्स, सटिक डेफ्ट म्यापिङ, अल्ट्रा फास्ट डिजिटल बोके र अन्य अत्याधुनिक फिचर्स, अप्टिक्स अन्तर्गतका सबै नवप्रबर्तन, मेकानिक्स, कम्प्युटेशनल फोटोग्राफी, डिप लर्निङ र अन्य क्षेत्र)का लागि कोरफोटोनिक्ससँग सहकार्य गर्नेछ ।

‘हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरुसँग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ,’ ओपोका हार्डवेयर डाइरेक्टर डा. किंगले भने, ‘कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप–स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पु¥याएको छ ।’

‘मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ,’ कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने ।

‘यस सहकार्यले हामीलाई उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग प्राप्त हुनेछ । यसले हाम्रा आदर्णिय उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा हामी विस्वस्त छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

easy care

प्रकाशित: २५ असार २०७५, सोमबार