प्राइमलाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बिच बैंकासोरेन्स सम्झौता

Technology Khabar २२ असार २०७५, शुक्रबार

प्राइमलाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बिच बैंकासोरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंक बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।

सो सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्व ७८ करोड रुपैयाँ, जीवन बीमाकोष ६ अर्व २० करोड, कुल प्रिमियम ११ अर्व ७ करोड रुपैयाँ तथा देशभरका १२५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ असार २०७५, शुक्रबार