गूगलद्धारा चिनियाँ ई-कमर्श रिटेलर जेडी डटकममा ५५० मिलियन डलर लगानी

Technology Khabar ५ असार २०७५, मंगलवार

गूगलद्धारा चिनियाँ ई-कमर्श रिटेलर जेडी डटकममा ५५० मिलियन डलर लगानी

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी गूगलले चिनियाँ अनलाइन रिटेलर कम्पनीमा ५५० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।

गूगलले हालै चिनियाँ ई कमर्श कम्पनी जेडी डटकम (JD.com) मा रणनीतिक साझेदारीअन्तर्गत ५५० मिलियन अमेरिकी डलर लगानी गरेको हो ।
गूगलले सो लगानी बारे आधिकारीकरुपमा घोषणा गरेको छ ।

दुबै कम्पनीहरुले दक्षिण पूर्वी एशिया, अमेरिका र यूरोपमा अन्य कम्पनीहरु अमेजन, अलिबाबासँग प्रतिस्पर्धा गर्दै बजार बिस्तार गर्ने बताएका छन् ।

यी दुई कम्पनीहरुले गूगलको प्रविधि जेडी डटकमसँग मिलेर उत्पादनहरुको आपूर्ति श्रृंखला व्यवस्थापनमा विज्ञता हासिल गर्न प्रयोग हुने जानकारी दिएका छन् । जेडी चीनको दोस्रो ठूलो ई कमर्श रिटेलर कम्पनी हो जसले पछिल्ला दिनहरुमा पश्चिमी मुलुकको बजारमा आँखा लगाउँदै आएको छ।

सम्झौताको बारेमा जेडीले भनेकोछ, उच्च गुणस्तरका उत्पादनहरु गूगल सपिंगको माध्यमबाट विभिन्न क्षेत्रहरुमा उपलब्ध गराउने योजना रहेको छ ।

जेडीकाअनुसार यो सहकार्यले विश्वभर उपभोक्ताहरुलाई उच्चस्तरको अनुभव हािसल गर्न फराकिलो संभावना प्रदान गरेको छ ।

गूगलका एशिया प्यासिफिक अपरेसन अध्यक्ष करिम टेसमानीले यो डिलबाट उच्च स्तरको सेवा विश्वभरका मुलुकहरुमा पुयाउँदै ग्राहकहरुको अनुभवलाई अझ उच्च बनाउन सहयोगी हुने बताए ।

गूगलको सर्च इन्जिन, म्याप्स, जीमेल र यूट्यूबजस्ता मुख्य सेवाहरु चीनमा अझै प्रतिबन्धित रहेका छन् ।

गूगलले गत वर्षपनि चीनको स्पोर्टस स्ट्रीमिंग कम्पनी चुसोउमा १२० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

माध्यम

easy care

प्रकाशित: ५ असार २०७५, मंगलवार

ताजा समाचार