मोबाइलबाटै स्मार्ट लाइसेन्सकाे जानकारी लिन सकिने, यसरी एसएमएस गरेर थाहा पाउनुस्

Technology Khabar २९ जेष्ठ २०७५, मंगलवार

मोबाइलबाटै स्मार्ट लाइसेन्सकाे जानकारी लिन सकिने, यसरी एसएमएस गरेर थाहा पाउनुस्

काठमाडौं ।

काठमाडौं । तपाईँले सवारी चालक अनुमतिपत्रको लागि प्रकृया सकेको महिनौं बितेपनि तपाईँको स्मार्ट लाइसेन्स लिन निकै कुनुपर्ने अवस्था छ । यस्तो बेलामा तपाईँलाई आफ्नो सवारी चालक अनुमतिपत्र कहिले आउँछ भन्ने जानकारी लिन कार्यालयमा नै धाउने गर्नुभएको छ भने अब यातायात कार्यालय जान नपर्ने भएको छ । यति मात्र होईन परिक्षाको रिजल्ट र अन्य जानकारी पनि आफ्नै मोबाइलबाट लिन सकिने भएको छ ।

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी मोबाइल एसएमएसबाटै लिन सकिने भएको छ । सवारी चालकको ट्रायल पास भएपछि, रिन्यू र लाइसेन्समा वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भएरनभएको थाहा पाउन पनि अब विभागमा पटक/पटक धाउनुपर्ने छैन ।

यातायात व्यवस्था विभागले एसएमएसबाटै नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो ।

यसरी थाहा पाउनुहोस्

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एक स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३ मा एसएमएस (SMS) गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ ।

यसका लागि भने तपाईँले मोबाइलमा LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस (SMS) गर्न सकिने छ ।

तपाईँले पठाएको एमएमएसको आधारमा तपाईँको मोबाइल फोनमा एसएमएसमार्फत नै विभागले जानकारी दिनेछ । जसमा तपाईँको नाम, तपाईँले चाहेको जानकारी र त्यसको लागि सम्पर्क गर्ने कार्यालयको बारेमा जानकारी हुन्छ ।

तपाईँले पठाएको एसएसएसको शुल्क करसहित ६ रुपैयाँ २७ पैसा मोबाइलको ब्यालेन्स रकमबाट नै कटौती हुन्छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । विभागकाअनुसार अबको २ महिनाभित्र लाइसेन्स सम्बन्धी समस्याहरु समाधान हुनेछ ।

easy care

प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार