सिटिजन्स बैंक इन्टरनेसनलद्वारा वृक्षारोपण कार्यक्रम

Technology Khabar २२ जेष्ठ २०७५, मंगलवार

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जेठ २२ गते अन्तर्र्रािष्ट्रय वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीतिलाई मुतरुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरे ।

बैंकले आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको जनाएको छ ।

easy care

प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार