एन्ड्रोयड अटो प्रविधि भएका कार प्रयोगकर्ताले कारबाटै सिधै फोन गर्न सक्ने

Technology Khabar १० बैशाख २०७५, सोमबार

एन्ड्रोयड अटो प्रविधि भएका कार प्रयोगकर्ताले कारबाटै सिधै फोन गर्न सक्ने

काठमाडौं ।

काठमाडौं । कार चालकले कारमा प्रयोग गर्ने एन्ड्रोयड कारको माध्यमबाट सिधै मोबाइलफोनमा भएको नम्बरमा कल गर्न सकिने भएको छ । गूगलले एन्ड्रोयड अटोमा नयाँ फीचर थप गरेपछि यो सुविधा एन्ड्रोयड अटो प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।

गूगलले हालै कम्पनीको आधिकारिक फोरममा नयाँ पोष्ट गर्दै एन्ड्रोयड अटोमा पुरै कन्ट्याक्ट लिस्टमा पहुँच हुने उल्लेख गरेको छ । गूगलले यो सुविधा गत सातादेखि नै उपलब्ध गराएको छ ।

यस्तो सुविधा एन्ड्रोयड अटोको माथिल्लो देब्रे भागमा रहेको मेनू खोलेर फोन अटोको फोन डायलर इन्टरफेसमा पहुँचमार्फत हुने बताईएको छ ।

यसको मूख्य विषयमा एन्ड्रोयड अटोको मेनूमा कन्ट्याक्टस भन्ने नयाँ विषय थप गरिएको छ जसले तपाईँको फोनमा भएको सम्पूर्ण सम्पर्क नम्बरहरुमा सिधै पहुँच दिन्छ । तर यो फीचर तपाईँले गाडि चलाउँदै भने प्रयोग गर्न सक्नुहुन्न् ।

गूगलकाअनुसार एन्ड्रोयड अटोमा फोनमा भएका सम्पूर्ण सम्पर्क नम्बरहरु देखिएपनि तपाईँले हाँकीरहेको गाडि रोकिएपछि मात्र यो प्रविधिले कामगर्दछ ।

(जूनसुकै बेला जब तपाईँ चलायमान हुनुहुन्छ, कयौं पटक चलाउँदा पनि यो खोल्नका लागि रोक लाग्दछ(त्यसैले सडकमा भएको बेलामा तपाईँको ध्यानलाई सर्तक बनाउन सुनिश्चित गरिएको हो ।) पोस्टमा भनिएको छ ।

यदि तपाईँको कारमा पनि गूगलको एन्ड्रोयड अटो प्रविधि जडान गरिएको छ भने अब तपाईँले कारको डिस्प्लेबाट नै मोबाइल फोनमा भएको सम्पर्क नम्बरहरुमा सिधै कुराकानी गर्न सक्नुहुने भएको छ ।

स्रोत  माध्यम

easy care

प्रकाशित: १० बैशाख २०७५, सोमबार

ताजा समाचार