रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

Technology Khabar १२ चैत्र २०७४, सोमबार

रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

काठमाडौं ।

काठमाडौं, १२ चैत । रेनोको नेपालका लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालिले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्यनजर गरेर सार्वजनिक गरिएको सो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।

सो योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बसेका ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा रोनो लोजी मोडलमा ५ लाख रुपैयाँसम्मको छुटको अफर ल्याएको छ ।

थै, डस्टरको खरिदमा ३ लाख १० हजार रुपैयाँ र क्विडको खरिदमा १ लाख ८० हजार रुपैयाँसम्म नगद छुट कम्पनीले अफर गरेको छ ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १२ चैत्र २०७४, सोमबार

ताजा समाचार