कतार एयरलाइन्सले नेपालदेखि ग्रिसको थेसालोनिकीसम्म उडान सेवा गर्ने

Technology Khabar १२ चैत्र २०७४, सोमबार

कतार एयरलाइन्सले नेपालदेखि ग्रिसको थेसालोनिकीसम्म उडान सेवा गर्ने

काठमाडौं ।

काठमाडौं । कतार एयरवेजले नेपाल देखि ग्रिसको थेसालोनिकीसम्म उडान सेवा संचालन गर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरवेजले यो महिना ग्रीसको थेसालोनिकीसम्म नयाँ उडान शुरु गर्न लागेको हो ।

कतार एयरवेज नेपालले सोमबार एक कार्यक्रम गर्दै नेपालका लागि ग्रीसका अवैतनिक महाबाणिज्य दूत बिक्रम पाँडेको उपस्थितीमा कतार एयरवेजका कन्ट्रि म्यानेजर जयकृष्ण नायरले सो हवाई सेवा शुरु भएको घोषणा गरे ।

कम्पनीले ग्रिसको थेसालोनिकीका लागि हप्तामा ४ वटा उडान भर्ने योजना लिएको छ।

कतार एयरवेजले आफ्नो नयाँ गन्तब्यले ग्रिसका नागरीकलाई नेपाल घुम्न आउन झन्झट नहुने र यो कदमले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएको छ।

एयरलाइन्सले दिएको जानकारीअनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको न्यूनतम ७ सय अमेरिकी डलर पर्नेछ ।

एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको जनाएको छ ।

easy care

प्रकाशित: १२ चैत्र २०७४, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार