यस्ता छन नोकियाले सार्वजनिक गरेका ४ नयाँ फोनहरु

Technology Khabar १३ फाल्गुन २०७४, आईतवार

यस्ता छन नोकियाले सार्वजनिक गरेका ४ नयाँ फोनहरु

काठमाडौं ।

काठमाडौं, १३ फागुन । नोकियाले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर विभिन्न फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ८ सहित नोकिया ७ प्लस, नोकिया १ समेत सार्वजनिक गरेको छ ।

नोकियाले विभिन्न फोनहरु ल्याउने चर्चाका बीचमा कम्पनीले यी सहित फिचर फोन पनि ल्याएको हो ।

नोकियाले पहिलो पटक एन्ड्रोयड वान अपरेटिंग सिस्टममा संचालन हुने नोकिया वान सार्वजनिक गरेको छ । यो नोकियाको हालसम्मको सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा हुनेछ ।

नोकियाको यो फोन अप्रिलदेखि बिक्री शुरु हुनेछ भने यसको मूल्य करिब ८५ अमेरिकी डलर पर्नेछ । यो फोनमा एचडी आइपीएस डिस्प्ले छ भने १ जीबी र्यामका साथमा ८ जीबीको आन्तरिक स्टोरेज छ ।

नोकियाले चीनमा मात्र सार्वजनिक गरेको नोकिया ६ को अन्तराष्ट्रिय भर्सन पनि सार्वजनिक गरेको छ । जसमा ६ जीबी र्याम राखिएको छ ।

कम्पनीले नोकिया सेभेनको अपडेटेड भर्सन नोकिया सेभेन प्लस पनि आएको घोषणा गरेको छ । यो फोनमा ड्यूल रियर क्यामरा छ भने जेईस अप्टिक्स राखिएको छ । नोकिया सेभेन प्लसमा १८ः९ रेसियोका साथमा ६ इन्चको फूल एचडी डिस्प्ले छ । फोनमा ४ जीबी र्याम तथा ६४ जीबीको स्टोरेज छ भने १२ प्लस १३ मेगापिक्सेलको ड्यूल क्यामरा राखिएको छ ।

यसका साथमा कम्पनीले नोकिया ८ को नयाँ भर्सन पनि ल्याएको छ । नोकिया ८ सिरोक्को नामक यो फोन नोकियाको अहिलेसम्मको सबैभन्दा उच्च श्रेणीको नोकिया फोन हो । फोनमा ५.५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ, जसलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित पारिएको छ । नोकिया ८ मा ६ जीबीको र्याम तथा १२८ जीबीको स्टोरेज राखिएको छ ।

क्वालकम स्न्यापड्रागन ८३५ अक्टा कोर प्रोसेसर रहेको फोनमा ३२६० एमएएचको ब्याट्री छ । त्यस्तै फोनमा क्यामराका लागि १२ मेगापिक्सेलको ड्यूल रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

यसका साथमा कम्पनीले नोकिया ८११० फोरजी फिचर फोन पनि सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार